परिवारले एक हप्ता अघि शदगद गरे,अहिले स्वाव परीक्षणमा पाेजेटिभ देखिएर आपत

May 25, 2020 11:58 AM merolagani



वीरगञ्जको नेशनल मेडिकल कलेजमा  साताअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गत जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो।

मृत्यु भएका बृद्धको स्वाब परिक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। पिसिआर प्रविधिबाट गरिएको परिक्षेणमा रिपोर्ट पोजेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए भने ४ गते राति नै उनको निधन भएको थियो।

ती व्यक्तिकाे शवकाे अन्तिम संस्कार परिवारले गरिसकेकाे छ । काेराेनाकाे परीक्षणकाे रिपाेर्ट नआइ  शव परिवारलाइ दिएपछि समस्या आएकाे छ । काेराेनाबाट मृत्यु भएकाकाे शबकाे  दाह संस्कार परिवारले प्रत्यक्ष  गर्न नसक्ने शव व्यवस्थापन कार्यबिधिमा उल्लेख छ।

बिषय गम्भीर भएकाले यस बिषयमा छलफल गर्न अहिले सराेकारबालाकाे बैठक बसिरहेकाे छ । अन्टेष्टीमा सहभागी, काज कृयाका उपस्थित सबैकाे ट्रेसिङ गर्नु पर्ने देखिएकाे श्राेतले बतायाे ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।