थप ६ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना डिस्चार्ज

May 25, 2020 04:27 PM Merolagani



सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गमा सो जानकारी दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेको भएको हो । उनी अछामको मेल्लेख गाउँ पालिकाका हुन् ।

त्यस्तै बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु काठमाडौं घर भएका कैलालीमा कार्यरत २८ वर्षीय पुरुष र जिरा भवानी गाँउ पालिका पर्साका १८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।

त्यसैगरी, आज २५ जना डिस्चार्ज भएका छन्। हालसम्म ११२ जना डिस्चार्ज भइसकेका छन्।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।