विदेशमा रहेका नागरिकहरुको उद्दार हुन्छ: प्रधानमन्त्री

May 25, 2020 06:17 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिक प्रति सरकार संवेदनशील रहेको बताएका हुन् ।

‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्दार गर्छ । आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ। प्रधानमन्त्री ओलीले भने ।

भारतबाट अनेक कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलिएको उनको भनाई छ ।विदेशबाट फर्किनेहरुको अनिवार्य कोरोना परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले प्रष्ट पारे । 

 

यस्तै प्रधानमन्त्री ओलीले देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताए ।