डब्ल्यूएचओले रोक्यो कोभिड १९ मा औलो विरुद्धको औषधिको परीक्षण, कारण यस्तो

May 26, 2020 08:59 AM Merolagani

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड १९ को उपचारको सम्भावित उपचारको रुपमा गरिएको हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षणमा रोक लगाएको छ। डब्ल्यूएचओले सुरक्षाको कारण देखाउँदै सोमबार ‘अस्थायी रुपमा’ सो परीक्षणमा रोक लगाएको बताएको हो।

गत हप्ता प्रकाशनमा आएको एक अध्ययनको रिपोर्टले सो औषधिको प्रयोगका कारण कोभिड १९ का बिरामीहरुको मृत्यु हुने सम्भावना बढ्न सक्ने निष्कर्षपछि यस्तो निर्णय भएको डब्ल्यूएचओका प्रमुखले बताएका छन्।

स्वास्थ्यकर्मीहरुले यस औषधिको प्रयोगका कारण कोभिड १९ का बिरामीहरुमा मुटुको समस्या हुनसक्ने चेतावनीका बावजुत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो औलोविरुद्धको औषधिलाई बढावा दिएका थिएन।

ट्रम्पले आफु कोभिड १९ संक्रमणबाट बच्न सोही औषधिको प्रयोग गरिरहेको पनि बताएका थिए। एजेन्सीको सहयोगमा

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।