कोरोना महामारी नियन्त्रणका लागि एडीबीले नेपाललाई २५ करोड डलर सहायता गर्ने

May 26, 2020 06:56 PM Merolagani



एशियाली विकास बैंक (एडीबी) ले कोरोना महामारीको प्रतिक्रियाका लागि २५ करोड अमेरिकी डलर ऋण सहायता गर्ने भएको छ। 

एडीबीले देशको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन र महामारीबाट देशको आर्थिक र सामाजिक अवस्थामा परेको प्रतिकुल प्रभाव कम गर्नका लागि र विशेष गरी गरिबहरुका लागि उक्त ऋण सहायता प्रदान गर्न स्वीकृती प्रदान गरेको हो।

यस्तो संवेदनशील समयमा एडीबीले नेपाललाई सहयोग प्रदान गर्न प्रतिबद्धता जनाएको हो।

उक्त सहुलियतपूर्ण ऋण सहायताले सरकारलाई महामारीको नियन्त्रण उपाय जारी राख्न, गरिब र कमजोर मानिसहरुका लागि सामाजिक सुरक्षा कार्यक्रममा विस्तार गर्न र सुरुवाती आर्थिक सुधारका लागि स्तर निर्धारण गर्नका लागि सक्षम बनाउने एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले बताए।

आसाकावाले भने, 'कोभिड–१९ महामारी एउटा गम्भीर सार्वजनिक स्वास्थ्यको मुद्दा बनिरहेको र यसले नेपालको समग्र सामाजिक तथा आर्थिक विकासलाई प्रभाव पार्नेछ।' साथै, एडीबीले सरकार र अन्य विकास साझेदारहरुसँग मिलेर समन्वय र प्रभावकारी प्रतिक्रियाको सुनिश्चितताका लागि कार्य गर्ने आसाकावाले बताए। 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।