दशकौ लामो उर्जा संकट समाधान, लाईसेन्स लिने र काम नगर्ने आयोजनको लाईसेन्स खारेज गर्ने

May 28, 2020 06:35 PM Merolagani

सरकारले दशकौ लामो उर्जा संकट समाधान भएको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।

आगामी वर्ष विद्युतको आवश्यकता पुरा गर्दै बिद्युत नियात गर्न सक्ने गरी नीजि तथा साना विद्युत र्गहको निमार्ण सम्मपन्न गर्दै एक हजार तीन सय विधुत राष्ट्रिय प्रशारण लाईनमा जोडने कार्यक्रम सरकारले ल्याएको छ ।

नेपालको पानी जनताको लगानी अभियान अर्तगत रहेका आयोजनहरुको निमाण प्रकृया शुरु गर्ने भएको छ । बुढी गण्डकी, पश्चिक सेती, नालघाट उत्तर गंगा आधिखोला र बहुउद्देश्य लक्ष्यका आयोजनाहरु कार्य सम्पन्न गर्ने भएको छ । ४०० केभी क्षमता अन्तरदेशीय प्रशारणलाईन निमार्णकार्य अगाडी बढाउने भएको छ ।

आर्थिक वर्ष २०७७÷२०७८ को बजेट माफर्त प्रशारणलाइन तथा सबस्टेसनका लागि ३६ अर्ब २ करोड रुपैयाँ विन्याजन गरिएको छ । आगामि दुई वर्ष भित्र सबै परिवारमा नविकरण उजर्न उवलब्ध गराएर उज्यालो नेपालको स्थापना गर्ने भएको छ । त्यसैगरी सरकारले गरिब परिवाले बिद्युत जडान गर्दा कनेक्सन शूलक निशूल्क गर्ने भएको छ ।

सरकारले ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब, बैकल्पिक उर्जाको लागि ४ अर्ब १३ करोड रुपैयाँ विन्योजन गरेको छ ।

नेपाल विद्युत प्रधिकरणको संस्थागत संरचना र प्रशारण रवितरणको छुट्टै व्यवस्था गर्ने र लामो समयसम्म लाईसेन्स लिने र काम नगर्ने आयोजनको लाईसेन्स खारेज गर्ने बजेटमा व्यवस्था गरेको छ ।

 चालु आर्थिक वर्ष सरकारले उर्जा विकासको लागि ८३ अर्ब ४९ करोड रुपैयाँ ब्यवस्था गरेको थियो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।