आगामी आर्थिक वर्षको बजेटमा अर्थशास्त्री, पूर्व अर्थ मन्त्री र व्यवसायीले चित्त बुझाएनन्

May 29, 2020 12:09 AM merolagani



आगामी आर्थिक वर्षको बजेटका विषयमा अर्थशास्त्री र पूर्व अर्थ मन्त्रीले र व्यवसायीले ले चित्त बुझाएनन्।स्वास्थ्य क्षेत्रमा राम्रै बजेट विनियोजन गरिएको भए पनि अन्य क्षेत्रमा भने पर्याप्त नभएको प्रतिक्रिया दिएका छन्।

पुरानै बजेटको निरन्तरता रहेको पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिक्रिया दिएका छन्। असामान्य अवस्थाको बजेट आएको छ। कृषि र स्वास्थ्य लागि बजेट फोकस भएको भए पनि यो बजेटले त्यसलाई सामना गरेको नदेखिएको कार्कीले बताए। वैदेशिक ऋण र अनुदान आउनेमा आशङ्का देखिएको छै। धेरै घोषणा भएका छन्। तर कार्यान्वयन हुने आधार नदेखिएको कार्कीको भनाइ छ।

आगामी आर्थिक वर्षको बजेट औसत बजेटको रूपमा डा चन्द्रमणि अधिकारीको विश्लेषण रहेको छ। यसलाई काम चलाऊ बजेटका रूपमा लिनु पर्ने अधिकारीको भनाइ छ। स्वास्थ्य क्षेत्रमा राम्रै बजेट आएको भए पनि पूँजीगत खर्च घटाएकोमा अधिकारी सन्तुष्ट देखिएका छैनन्। पूँजीगत खर्च घटाएकोले  मूल्य बुद्धि हुने सम्भावना बढाएको अधिकारीको भनाइ छ। चालु खर्च बढेकाले यसले थप चुनौती थपेको छ।

स्वास्थ्य र पुनरुत्थान कोषको केहीमा राम्रो देखिएता पनि बजेट बाट जुन अपेक्षा गरिएको थियो त्यो अनुरूप भने बजेट नआएको डा डिल्लीराज खनालको प्रतिक्रिया दिएका छन्। व्यवसायीक क्षेत्रले अपेक्षा गरेको भन्दा विपरीत बजेट आएको खनालको भनाइ छ। ‘आम रूपमा परम्परामाथि उठेर जुन रूपमा बजेट आउला, बजेटको पुन प्रथमिकिकरण होला,पुन संरचना होला, त्यसलाई परिणाम मुखी बनाउने किसमिसे जोडेर जाने किसिमको बजेट आउला भन्ने अपेक्षा थियो त्यो अनुरूप भने आएन’ खनालले भने।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।