बजेटमा नयाँ कुरा नआएपछि अब मौद्रिक नीतिको आश, लगानीकर्ता भन्छन् नयाँ बोत्तलमा पुरानै रक्सी

May 29, 2020 08:52 AM merolagani

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा शेयर बजारका कुनै नयाँ कुरा समेटिएका छैनन्। लगानीकर्ताहरुले बजेटमा पूँजी बजारका विभिन्न कुराहरु समेटिनु पर्ने माग राख्दै आएपनि त्यसअनुसार बजेटले केहि पनि समेटेको छैन्। 

लगानीकर्ताहरुले बजेटले शेयर बजारका लागि नयाँ कुरा कुनै नल्याएको र पुरानैलाई निरन्तरता दिएको बताएका छन्। नयाँ कुरा नआउदा लगानीकर्तालाइ हर्ष न विस्मात भएको उनीहरूको तर्क छ। अर्थमन्त्री आफैले भनेका कुराहरू समेत बजेटले समेट्न नसकेकाे उनीहरूकाे भनाइ छ। 

बजेटमा भन्दा  मौद्रिक नीतिमा धेरै आशः भरत रानाभाट

पूँजीबजारका लागि खासै नयाँ कुरा आएनन्। भइरहेका र हुने कुराहारु मात्रै आए। त्यो भनेको बजेटमा नआउंदा पनि हुने कुराहरु जस्तै अनलाइन त्यसैपनि हुने वालै थियो। स्टक डिलर एउटा त दर्ता भइसकेको छ। पूँजीबजारलाई जसरी समेट्छ भन्ने आशा थियो त्यसरी नसमेटेको देखिन्छ। नयाँ भनेको सेवोन नेप्सेको पूर्नसंरचना भन्ने कुरा छ त्यसले बजारलाई तत्कालै कुनै प्रभाव पार्दैन । अहिले तत्काले कारोनाको प्रभावलाई कम गर्न केहि आएन।

पूँजी बजारलाई बजेटले भन्दा मौद्रिक नितिले धेरै असर पार्ने भएको हुदाँ मौद्रिक नीतिमा बढी आश गर्नुपर्छ। बजेटमा जे जति आश गरिएको थियो त्यति आएन। अब मौद्रिक नीतिले अहिले नसमेटिएका कुराहरु समेट्ला।

बजेटमा सधै जे आँउथ्यो त्यही  आयोः तुलसी राम ढकाल

बजेट समग्रमा सधै जस्तो आउथ्यो त्यस्तै खालको आयो। पूँजी बजारमा खासै नयाँ कुरा छैन। हामीले उठाएका मागहरु सम्बोधन भएको देखिदैन। स्टक डिलरको बारेमा अलिकति बोलेको छ। बाँकी सबै उही हो। स्टक डिलर भनेको त्यो जति सक्दो चाँडो कार्यन्वयनमा आउनुपर्यो। भोली बजार खुलेपछि बिक्री चाप बढि हुन्छ। सप्लाई कन्ट्रोल गर्न सरकारले काम गर्नुपर्यो । नागरिक लगानी कोषहरुलाई खरिदमा अगाडि ल्याउनुपर्यो। त्यो सरकारले गर्न सकेन भने यस्ता कुराको कुनै औचित्य हुँदैन।

बजेट नयाँ बोत्तलमा पुरानै रक्सी भने जस्तैः उत्तम अर्याल

बजेटमा हामीले बारम्बार उठाइरहेको करको व्यवस्थाहरु सम्बोधन भएको छैन। उल्लेख भएका कुराहरु सबै पुरानै छन्। नयाँ बोत्तलमा पुरानै रक्सी भनेको जस्तै बजेट आएको छ। पुँजी बजारलाई उल्लेख चाँही गरिएको छ तर नयाँ कुरा आएको छैन्। अघिल्ला वर्षहरमा भनिएका कुराहरुलाई निरन्तरता दिइएको छ तर कार्यन्वयनको पक्षचाँही फितलो छ । सरकारले कार्यन्वयन गरोस भनेर हामीले कामना मात्रै गर्ने हो।

समग्रमा हामीलाई हर्ष पनि छैन विस्मात पनि छैन्। अहिले सरकारले पूँजीबजारलाई त्यति महत्व दिएको जस्तो देखिएन।

अर्थमन्त्री आफैले बोलेका कुराहरु पनि सम्बोधन भएनः छोटेलाल रौनियार

पूँजी बजारको लागि खासै नैलो केहि छैन्। गत वर्षको कुराहरु मात्र दोहोर्याइएको छ। कोरोनाको माहामारीमा शेयर बजारलाई उकास्ने कुरा आएन। लगानीकर्तासंघहरुले ५ प्रतिशतशतको अन्तिम कर, बोनसमा लाग्ने दोहोरो कर हटाउनुपर्ने जस्ता मागहरु राखेका थियौ। अर्थमन्त्री आफैले बोलेका कतिपय कुराहरु पनि सम्बोधन भएन।

पूँजी बजारलाई प्रतिबद्धता भन्ने देखिएन। कोरोनाको माहामारीमा प्याकेज आउनुपर्ने त्यो देखिएन । यसले गर्दा लगानीकर्ता उत्साहीत भएनन्। हामी एकदम खुसि छैनौ। पहिले नै भएका कुराहरुलाई पढेर सुनाइदिनुभयो र खोक्रो आस्वासन जस्तो मात्रै भयो।

यसपछि मौद्रिक नीति आउछ, त्यसमा पनि हामीले मागहरु पठाएका छौ। अहिले पुँजीबजाको विकास र विस्तारको लागि गर्नै पर्ने कामहरु पनि गरिएन।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।