थप १७० जनामा कोरोना संक्रमण पुष्टि, थप १९ जना डिस्चार्ज

May 29, 2020 04:29 PM Merolagani

शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी, आज थप १९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा सो जानकारी दिएको हो।

उनीहरु मध्ये १६२ जना पुरुष ५ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस मध्ये झापामा २८ जना, सप्तरीमा ४ जना, बारामा ४ जना,पर्सामा ५ जना, सर्लहीमा ५ जना, रुपन्देहीमा १७ जना, दाङमा २ जना, रौतहटमा ५६ जना नवलपरासीमा २ जना, कपिलबस्तुमा ३६, बाँकेमा १० जना, म्याग्दीमा एक जना गरी शुक्रबार मात्रै १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २०६ पुगेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।