बजेटमा बीमा क्षेत्रलाई उच्च प्राथमिकतामा,जीवन बीमा क्षेत्रलाई भने बेवास्ता

May 29, 2020 07:06 PM Merolagani



आगामी आर्थिक वर्षको बजेटले बीमा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बीमा समितिले जनाएको छ । बजेटले कृषि, लघु र स्वास्थ्य बीमालाई बिशेष जोड दिएको बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले बताएका हुन् ।

उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटले बीमा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । कृषि, लघुबीमा र स्वास्थ्य बीमालाई बजेटले विशेष जोड दिएको छ । आगामी आर्थिक वर्षको बजेटलाई बीमा समितिले सकारात्मक रुपमा हेरेको छ ।’ कृषि बीमालाई स्थानिय तहसम्म लैजाने, सबै पत्रकारहरुको दुर्घटना बीमा गर्ने, सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने जस्ता कुरा सकारात्मक रहेको उनको भनाई छ ।

यस्तै सरकारले बजेट मार्फत सबै सरकारी कर्मचारीहरुको निशुल्क कोरोना बीमा गर्ने घोषण गरी कोरोना बीमालाई राष्ट्रिय रुपमा ग्रहण गरेको उनले दाबी गरे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै लघु बीमामा कर छुट दिने व्यवस्था बताएका थिए । यो सकरात्मक पक्षरहेको बताउदै समितिका अध्यक्ष चापाँगाईले त्यसले बीमा क्षेत्रको पहुँच विस्तारमा टेवा पुग्ने दाबी गरे ।

‘बीमा कम्पनीहरुले राष्ट्रको नीति अनुसार बीमालेख बिक्री गर्नुपर्छ । यो बेलामा ठुलो बीमांक रकमको बीमालेख बिक्री गर्न सकिदैन् ।’ उनले भने । जीवन बीमा कम्पनीलाई लघुबीमामा जोड दिन पनि उनले सुझाव दिए ।

बीमा समिति र बजेटले समेत लघुबीमालाई जोड दिएको अवस्थामा बीमा कम्पनीहरुलाई त्यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । समितिले लकडाउन अवधीका लागि अनलाइन मार्फत लघु बीमालेख बिक्री गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेका छन् ।

यता जीवन बीमा संघका अध्यक्ष शिवथान पाण्डेले जीवन बीमालाई बजेटले सम्बोधन नगरेको गुनासो गरे । उनले भने, ‘निर्जीवन बीमाको क्षेत्रमा बजेटले धेरै नै राम्रो व्यवस्था गरेको छ । तर जीवन बीमातर्फ भने बजेटले खासै समेटिएको छैन् ।’

बीमा समिति मार्फत बुझाएका कुनै विषय संबोधन नभएको भन्दै उनले जीवन बीमासंग सम्बन्धित बजेटमा केहि देखिएन् बताए । हामीले बीमा समिति मार्फत जीवन बीमा गर्दा आयकरमा छुट दिनुपर्छ भन्ने सुझाव दिएका थियौं । त्यसलाई समेटिएको छैन् । त्यस्तै हाम्रो बैंक तथा वित्तीय संस्थामा ३ खर्ब भन्दा बढी लगानी छ । त्यसमा व्याज घटेको छ । बैंक तथा वित्तीय संख्थाको व्याजदरका आधारमा बीमा कम्पनीहरुको नाफा समेत निर्धारण हुने भएकोले हामीले राज्य संग फाइनान्सिल इन्स्टुमेट बीमा लक्षित अपेक्षा गरेका थियौ ।’ उनले भने । कारोना केन्द्रित हुदाँ जीवन बीमालाई बेवास्ता गरीएको उनको आरोप छ ।

नेपाल बीमक संघले बजेट मार्फत कोरोना बीमालाई व्यापक बनाउने घोषण सकारात्मक रहेको बताउदै उधारोमा बाली बीमा गर्ने घोषणाले बीमा कम्पनीहरुलाई अप्ठेरोमा हुने बताए । समग्र बीमा क्षेत्रको लागि बजेट सकारात्मक रहेको संघको भनाई छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।