लकडाउनको असरः दर्जनबढी कम्पनीको साधारणसभा रोकियो, हकप्रद र आइपीओ जारी गर्नै पाएनन्

May 31, 2020 07:12 PM Merolagani

रविन पाैडेल

कोरोना भाइरसको असर न्यूनिकरणको लागि सरकारले गत चैत ११ गतेदेखि देश नै लकडाउन गरेको छ। लकडाउनको कारण अहिले आर्थिक गतिविधिहरु ठप्प भएका छन् भने पूँजी बजारमा पनि यसले ठूलो प्रभाव पारेको छ। 

लकडाउनकै कारण कयौं कम्पनीहरुको साधारणसभा स्थगित भएको छ भने कतिपयको हकप्रद शेयर निष्काशन स्थगित भएको छ। त्यस्तै कतिपय कम्पनीले साधारण शेयर जारी गर्न पाएका छैनन्। शेयर बजारको कारोबार समेत गत लकडाउन भएदेखि नै बन्द रहेको छ।

धितोपत्र बोर्डबाट लकडाउन अघिनै अनुमति पाएका कम्पनीहरुले समेत हालसम्म आइपीओ जारी गर्न सकेका छैनन्। हकप्रद निष्काशन गरिरहेका कम्पनीले समेत विचमै लकडाउन भएपछि हकप्रद विक्री प्रभावित बनेको छ।

  • चार कम्पनीको एक अर्ब बढीको आइपीओ निष्काशन अड्कियो

लकडाउनकै कारण नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशन अनुमति पाएपनि कतिपय कम्पनी हालसम्म आइपीओ विक्रीमा आउन सकेको छैन्।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर पनि चारवटा कम्पनीले एक अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याउन सकेको छैनन्।

एनआईसी एशिया लघुवित्त, युनाईटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन गर्न नसकेका हुन्।

यीमध्ये लिबर्टी इर्नजीले स्थानीय र सर्वसाधारण दुबैका लागि आइपीओ जारी गर्न फागुन ८ गते अनुमति पाएको छ भने युनाईटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरले स्थानीयका लागि जारी गर्न फागुन ११ गते,एनआईसी एशिया लघुवित्तले चैत ४ गते र एनआरएन इन्फ्रास्ट्रचरले फागुन ४ गते सर्वसाधारणका लागि आइपीओ जारी गर्न अनुमति पाएका थिए।

आइपीओ जारी गर्न आब्हान पत्र निकालिसकेका कम्पनीले समेत आइपीओ जारी गन पाएका छैनन्। यी कम्पनीहरुले आइपीओ जारी गर्न अनुमति पाएको करिब साढे ३ महिना वितिक्दा पनि आइपीओ बिक्रिमा ल्याउन सकेका छैनन्। बोर्डबाट अनुमति पाएपछि आइपिओ जारी गर्ने तयारी गरेपनि लकडाउन भएपछि उक्त तयारी प्रभावित भएको हो।

युनाइटेड इदिमर्दीले ग्लोबल आइएमई क्यापिटल मार्फत चैत १० गतेदेखि स्थानीयमा आइपीओ जारी गर्न आह्वानपत्र निकालेपनि लकडाउनका कारण आइपीओ निश्काशन प्रभावित भएको छ। त्यसैगरी सानिमा क्यापिटलमार्फत जारी गर्न लागेको एनआइसी एसिया लघुवित्तको ४७ लाख ५५ हजार कित्ता र एनआरएन इन्फ्रास्ट्रचरको ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ निश्काशन स्थगित भएको छ भने एनआइविएल एस क्यापिटलमार्फत जारी गर्न लागेको लिबर्टी इनर्जीको १५ लाख कित्ता शेयरको निष्काशन पनि प्रभावित भएकोछ।

अहिले बीमा कम्पनीहरुले पनि आइपीओ जारी गर्ने तयारी गरिरहेका छन्। तर लकडाउनका कारण आइपीओ निष्काशनको प्रकृया अघि बढाउन सकेका छैनन्।

  • हकप्रद निष्कासन स्थगित

लकडाउनको कारण कम्पनीहरुले जारी गर्ने हकप्रद शेयर पनि प्रभावित भएको छ। गुराँस लाइफ इन्स्योरेन्सले चैत २० गतेदेखि बिक्री गर्ने भनेको चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन स्थगित भएको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्सले पनि गत फागुन २२ गतेदेखि चैत १२ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेकोमा चैत ११ गतेदेखि लकडाउन भएपछि हकप्रद भर्ने म्याद चैत २७ गते सम्म थपिएको थियाय तर सो अवधिमा पनि लकडाउन नखुलेपछि कम्पनीले परिस्थिति सहज भए पश्चात आवश्यकता हेरी थप निर्णय गरिने जनाएको छ।

त्यस्तै अन्य धेरै कम्पनीहरुले पनि धितोपत्र बोर्डमा आवेदन दिएको लामो समय भइसकेपनि बोर्डबाट अनुमति पाएका छैनन्।

  • दर्जन बढी कम्पनीको साधारणसभा रोकियो

लकडाउनका कराण दर्जन बढी कम्पनीको साधारणसभा स्थगित भएको छ। चैत,बैशाख र जेठमा धेरै कम्पनीहरुले साधारणसभा बोलाएपनि लकडाउनको कारण स्थगित गरेका थिए। लकडाउन अघि आह्वान गरिएको कतिपय कम्पनीको साधारणसभा पनि सरकारले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको भन्दै स्थगित गरिएको थियो।

सरकारले गत चैत ५ गतेदेखि नै एकै ठाँउमा २५ जनाभन्दा धेरैको सँख्यामा जम्मा हुन रोक लगाएको थियो। सो पश्चात आह्वान गरिएका सबैजसो कम्पनीहरको साधारणसभा स्थगित भएको छ भने कतिपय कम्पनीहरुले साधारणसभा आह्वान गर्न पाएका छैनन्।

साधारण सभा सम्पन्न गर्न नसक्दा कम्पनीहरुले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश वितरण गर्न पाएका छैनन्।

चैत १० गतेको लागि आह्वान गरिएको सिटिजन्स बैंक र सहयोगी विकास बैंकको विशेष साधारणसभा, चैत १६ गते आह्वान गरिएको स्वरोजगारको विशेष साधारणसभा , चैत १८ गते आह्वान गरिएको दिव्य लघुवित्तका विशेष साधारणसभा तथा मिर्मिरे लघुवित्तको विशेष साधारणसभा स्थगित भएका छन्।

त्यसैगरी चैत ७ गते आह्वान गरिएको अपि पावरको वार्षिक साधारणसभा, चैत १४ गते आह्वान गरिएको सेन्चुरी कमर्सियल बैंकको बार्षिक साधारणसभा, चैत १७ गते आह्वान गरिएको वोमी लघुबित्तकोे वार्षिक साधारणसभा, २१ गते गर्ने भनेको नेपाल इन्स्योरेन्सको साधारणसभा, महिला सहयात्री लघुवित्तले २२ गते गर्ने भनेको साधारणसभा, एक्सेल डेभलपमेन्ट बैंकले चैत २० गते गर्ने भनेको साधारणसभा,चैत २६ गते गर्ने भनेको एनएमबी लघुवित्तको साधारणसभा र चैत २७ गते गर्ने भनेको जनउत्थान लघुवित्तको साधारणसभा लकडाउनकै कारण हुन सकेका छैनन्।

कम्पनी ऐनअनुसार पब्लिक लिमिटेड कम्पनीहरूले आर्थिक वर्षको पौष मसान्तभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेपनि कतिपय कम्पनीहरुले अझै पनि सभा बोलाउन सकेका छैनन्। कम्पनीहरुले समयमा नै साधारणसभा नबोलाउँदा यसको असर लगानीकर्तामा परेकाे छ।

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएका कारण अझै सरकारले लकडाउन खोल्ने संकेत देखाएको छैन। लकडाउन लम्ब्याउँदै लगेको भन्दै अहिले चौतर्फी रुपमा विरोध समेत भइरहेको छ। सरोकारवालाहरुले लकडाउनलाई खुकुलो पारेर आर्थिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने माग गर्न थालेका छन् ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।