थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जना निको भए

Jun 01, 2020 04:27 PM Merolagani



सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी गराएका हुन् ।

जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यसमध्ये झापाका २ जना, नवलपरासीका ३ जना, दैलेखका ४१ जना, जुम्लाका १९ जना, सल्यानका १० जना, सुर्खेतका ५ जना, कपिलवस्तुका ४० जना, रौतहटका १८ जना, बाँकेका ७ जना, दाङका ९ जना, धनुषाका ७ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीका ३८ जना, सिरहाका ५ जना, उदयपुरका १ जना, अछामका १ जना, कैलालीका १४ जना, बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको हो

योसंगै कुल संक्रमितको संख्या एक हजार ७९८ पुगेको छ । 

यस्तै थप एक जना कोरोना मुक्त भएका छन । यो संगै कोरोनाबाट निको हुनेको संख्या २२१ पुगेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।