फेरि थपिए १३ कोरोना संक्रमित, एकै दिन २३९ जनामा संक्रमण पुष्टि

Jun 01, 2020 06:32 PM Merolagani



सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको पछिल्लो तथ्यांक अनुसार प्रादेशिक कार्यालय, रुपन्देहीमा गरेका परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु पाल्पा निम्दी गाँउपालिकाका १७ र ३६ वर्षका पुरुष, नवलपरासी सरावल गाँउपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगाका २६ वर्षीय पुरुष, कपिलवस्तु मायादेवी गाँउपालिकाका १९, २१, २६ वर्षका दुई जना, २७, ३५ र ४० वर्षीय पुरुष रहेका छन्। 

यस्तै, रुपन्देही भैरहवा गाँउपालिकाका ३ वर्षीय बालक र ५४ वर्षीय पुरुष छन्।

योसंगै आज मात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३९ पुगेको छ। कुल संक्रमितको संख्या एक हजार ८११ पुगेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।