कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित,चुक्ता पूँजी साढे १२ अर्ब पुग्ने

Jun 01, 2020 08:20 PM Merolagani



कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार जेठ १९ गते बसेको विशेष साधारणसभाबाट देवः विकास बैंक एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो।

देव: एक्वायरपछि कुमारी बेंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ।

बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ। साधारणसभाले कुमारीको प्रति कित्ता सेयर बराबर देवस्को ०.८६ कित्ता सेयर अनुपातमा मूल्य कायम हुने स्वाप रेसियो समेत स्वीकृत गरेको छ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको हो।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।