कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित,चुक्ता पूँजी साढे १२ अर्ब पुग्ने

Jun 01, 2020 08:20 PM Merolagani



कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार जेठ १९ गते बसेको विशेष साधारणसभाबाट देवः विकास बैंक एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो।

देव: एक्वायरपछि कुमारी बेंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ।

बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ। साधारणसभाले कुमारीको प्रति कित्ता सेयर बराबर देवस्को ०.८६ कित्ता सेयर अनुपातमा मूल्य कायम हुने स्वाप रेसियो समेत स्वीकृत गरेको छ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोह बीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको हो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।