राष्ट्र बैंकले तयार पार्यो पुर्नकर्जा कार्यविधिकाे मस्याैदा, ग्राहकले ३ देखि ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा पाउने

Jun 01, 2020 09:17 PM Merolagani



नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराइने पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधिको मस्यौदा तयार पारेको छ।

केन्द्रिय बैंकले तयार पारेको मस्यौदामा पुनरकर्जालाई मुख्य ३ वर्गमा वर्गीकरण गरिएको छ भने साेही अनुसार ३ देखि पाँच प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरिएकाे छ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा बैंकहरुले ऋणिबाट ५ प्रतिशत व्याज लिन पाउने छन भने विशष पुनरकर्जामा तीन प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन्।

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम,व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु,घरेलु तथा साना उद्यम पुनरकर्जामा  वर्गिकरण गरिएकाे छ भने बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिने छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात,महिला उद्यमी,फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई पर्नेछन्।

त्यसैगरी लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र विशेष पुनरकर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ।

यस कोषमा रहेको रकमको अधिकतम पाँच गुणासम्म पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा कायम गरिएको छ। उक्त सिमाभित्र रही राष्ट्र बैंकले सो सीमाको ७० प्रतिशतसम्म एक मुष्टरुपमा क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई, २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्याङ्कन गरी क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई र १० प्रतिशतसम्म ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई पुनरकर्जा प्रदान गर्नेछ ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा १० करोड हनुेछ भने यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन। बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हनुेछ भने यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको २० प्रतिशतभन्दा बढी हनेछैन।त्यस्तै बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 





दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।