Wed, Sep 23, 2026
आन्तरिक राजस्व विभागले यही जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएको छ। विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ।
नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गरेको थियो। सोही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गरेको थियो। सोही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।