लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

Jun 15, 2020 10:24 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले असार २४ गते कम्पनीको कार्यालय, ज्ञानेश्वरमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ८.१२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। यसका साथै, सभाले सञ्चालकको संख्या घटाउने र सो प्रयोजनको लागि नियमावलीको नियम ८(२) संशोधन गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले असार ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा