कुलमानलाई कर्मचारी घटाएर खर्च कटौती गर्न आयोगको निर्देशन

Jun 19, 2020 04:25 PM merolagani

कसलाई राख्ने र कसलाई हटाउने द्विबिधामा कुलमान

कोरोना भाइरसका कारण विद्युत महशुल उठाउन नसकेर आर्थिक अवस्था धरासायी हुने अवस्थामा पुगेको नेपाल विद्युत प्राधिकरणलाई विद्युत नियमन आयोगले कर्मचारी कटौती गरेर खर्च घटाउन निर्देशन दिएको छ ।

आयोगको खर्च कटौतीको निर्देशनले प्राधिकरणको नेतृत्वमा रहेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारी कटौती गर्न समस्या परेको छ ।

यतिबेला घिसिङ प्राधिकरणमा कार्यरत कुन कर्मचारीलाई निकाल्ने र राख्ने भन्ने चिन्तामा रहेको प्राधिकरणका एक कर्मचारीले बताए । आयोगले प्राधिकरणको खर्चलगायत अन्य १४ बुँदा सुधारका कार्यक्रम ल्याउन निर्देशन दिएको हो ।

आयोगले विद्युतको नयाँ महसुलदर निर्धारण गरी लागु गर्ने क्रममा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।

लकडाउनमा सुनौलो अवसर,१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

आयोगले अधिकतम प्राविधिको प्रयोग गरेर खर्चमा मितव्ययिता ल्याउन सुझाव दिएको प्राधिकरणका एक कर्मचारीले बताए ।‘अन्र्तराष्ट्रिय वित्तरण संस्थाहरूले सूचना प्रविधिको अधिकतम प्रयोग गरेर खर्चमा मितव्ययिता ल्याइरहेको बेला प्राधिकरणले पनि कर्मचारी खर्च कटौती र वित्तरण प्रणाली अटोमेसन कार्यलाई बढावा दिनु पर्नेछ,’आयोगले दिएको निर्देशनमा भनिएको छ ।

अधिकत उच्च प्रविधिको प्रयोग गर्दा खर्चमा कमी आउने आयोगको ठहर छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आधुनिक प्रविधि प्रयोगबाट कर्मचारी घटाउन सकिने बिषयमा आयोगको भनाइप्रति सहमत देखिएपनि कुन कर्मचारीलाई राख्ने र कुन कर्मचारीलाई हटाउने भन्ने निर्णयमा पुग्न भने सकेका छैनन् ।

एक जना कर्मचारी कटौती गर्दा युनियनले आन्दोलन गर्न थाल्ने भएकाले पनि कार्यकारी निर्देशक घिसिङ समस्यामा परेको आयोगका एक कर्मचारीले बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।