लाभांश प्रस्ताव पारित गर्न प्राइम लाइफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Jun 21, 2020 08:23 AM Merolagani



प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले लाभांश प्रस्ताव पारित गर्न बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। इन्स्योरेन्सले असार २९ गते, सोमबार सो सभा डाकेको हो। सो सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिनको २ बजे शुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सो बोनस शेयरको कर प्रयोजनार्थ १ करोड २३ लाख ३४ हजार ४४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गतेका दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल २ अर्ब ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपश्चात पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।