काठमाण्डाैका यी क्षेत्रमा भाेली दिनभर बिजुली जाने

Jun 22, 2020 07:14 PM Merolagani



नेपाल विद्युत प्राधिकरणले घुम्ती, धापासी, च्यासिन्टोल, हात्तिगौडा, बालुवाडीपो, हेपाली लगायतका क्षेत्रमा भोली (मंगलबार) दिनभर बिजुली जाने जनाएको छ ।

महाराजगंज वितरण केन्द्रको गणेशथान फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका २ गणेशचोकको जिर्ण ११ मिएचटी लाइनको पोल परीवर्तन गर्नु पर्ने भएकोले दिनको १२ बजेबाट ससाँझ ५ बजेसम्म सट डाउन हुने प्राधिकारण भनाइ छ ।

प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले बिजुली जादा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी गरेको बताइन् । उक्त कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारू हुन सक्ने समेत जानकारी पनि उनले दिइन् ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।