नासा सेक्यूरिटीजले ल्यायाे घरबाटै केवाईसी अपडेट र डिम्याट खाता खोल्न सकिने सुविधा

Jun 23, 2020 03:07 PM Merolagani



नासा सेक्यूरिटीज (ब्रोकर नं. ५८) ले अब घरबाटै केवाईसी अपडेट र डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरेको छ। कम्पनीले ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्ने कार्यलाई सहज तरिकाले घरबाटै गर्न सक्ने व्यवस्था गरेको हो।

अहिलेको यस विषम परिस्थितिमा सामाजिक दूरी र भिडभाड कम गर्दा कोरोना महामारीबाट बच्न सक्ने हुँदा केवाईसी अपडेट गर्न कम्पनीको वेवसाइटबाट अनलाइन दर्ता फारम भरी अद्यावधिक गर्न सकिनेछ।

यसका साथै हालसम्म हितग्राही खाता नखोलेका लगानीकर्ताहरुले पनि अब कम्पनीको वेवसाइटमा गई अनलाइनमार्फत नै खाता खोल्न सक्ने व्यवस्था पनि कम्पनीले गरेको छ। खोलिएका हितग्राही खातालाई ३ महिनाभित्र प्रमाणित गराउनु पर्ने र नगराएको खण्डमा सो खाता फ्रिज हुने कम्पनीले जनाएकाे छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा