एनआईसी एशिया लघुवित्तको आईपीओ निष्काशनको पहिलो दिन कति पर्यो आवेदन?

Jun 24, 2020 05:21 PM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमै ९९.४१ प्रतिशत शेयर खरिदको लागि आवेदन परेको छ। 

असार १० गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ७४ हजार ३७० जना आवेदकबाट ४४ करोड १७ लाख ३३० रुपैयाँ बराबरको ४४ लाख १७ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

सर्वसाधारणमा ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गरेको लघुवित्तको शेयर पहिलो दिनमै सबै शेयर बिक्री हुने देखिएको छ।

लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ।बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्बसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।

लघुवित्तले जारी गर्न लागेको आइपिओमा सर्बसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले छिटोमा असार १४ गते र सो अवधिमा सबै शेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकीएका शाखा कार्यलयबाट आवेदन गर्न सकिने छ। साथै मेरो शेयर प्रयोगकर्ताले मेरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन्।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।