अहिलेसम्मको अवस्था हेर्दा नेपालको प्राथामिक पूँजी बजारमा कुनै समस्या छैन् । नेपालका ७७ वटै जिल्लाबाट प्राथामिक बजारबाट शेयर खरिद गर्न सक्ने व्यवस्था भएको छ ।
पूँजी बजारको दोस्रो बजारमा भएका समस्या अझै समाधान भएका छैनन् । तर समाधान उन्मुख रहेका छन् । शेयर बजार पनि डिजिटाइजेसन भइसकेको अवस्थामा नेपाल स्टक एक्सचेञ्जले दोस्रो बजारको कारोबार गराउने फुल्ली अटोमेसन अनलाइन भनिएको सिस्टममा केही समस्याहरू देखिएको छ । अहिले पनि उक्त समस्या रहयो । जसले गर्दा पूँजी बजारको दोस्रो बजारमा हुने कारोबार चुस्त दुरूस्त नभएको बुझिएको छ ।
दोस्रो पूँजी बजारबाट लगानी गर्ने जती पनि लगानीकर्ताहरू रहेका छन् तिनीहरूको लगानीको सुरक्षाको पत्याभूती दिनसकिएको छैन् । अर्को कुरा, यो पूँजी बजार सम्बन्धी साक्षारता तथा वित्तीय साक्षारता बिना नै बजारमा लगानी गर्ने लगानीकर्ताहरू रहेका छन् । बुझेर र पढेर लगानीमा आउने भन्दा पनि नबुझी बजारमा लगानी गर्नेहरू रहेका छन् । उनीहरूले पूँजी बजार र बित्तीय साक्षरता बुझेर वा राम्रोसँग अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने देखिएको छ । जसले गर्दा केही सिमित व्यक्ति वा लगानीकर्ताले बजारमा केही गर्न सक्ने स्थिती देखिन्छ ।
बजार घट्बढलाई स्वभाविक रूपमा लिनु पर्ने हुन्छ । बजार भनेको त कहिले बढछ कहिले घट्छ । तर बजार स्वतस्फूर्तसँग चल्ने र बजारबाट कोही पछि समस्यामा नपर्ने वातावरण भने बनाउनु पर्ने हुन्छ । यस्तो हुनका लागि इन्साइडर ट्रेडिङको अन्य हुनु पर्यो । सूचना प्रवाहमा कडाई गर्नु पर्यो । सूचना चुहावट गर्नेहरूलाई कडा कारवाहीमा ल्याउनु पर्यो । पत्रपत्रिकाहरूले पनि बजारको बारेमा बुझेर मात्र समाचार प्रवाह गर्नुपर्यो । तथ्य भन्दा बहिर बजारको बारेमा समाचार लेख्नेहरूलाई पनि नियन्त्रण हुनुपर्यो ।
पूँजी बजारसँग सम्बन्धीत अन्य निकायहरू बजारप्रति जिम्मेवार तरिकासँग सक्रिय रूपमा लाग्नु पर्ने हुन्छ । धितोपत्र बोर्ड र नेप्सेमा जिम्मेवार भए मात्र हुदैन् । बजारसँग सम्बन्धीत रहेका सबै संस्थाहरू जस्तै ब्रोकर, सिडिएसी, बैंक, डिपी कार्यालय पनि उत्तिकै जिम्मेवार हुनुपर्यो । बजारप्रति यिनै संस्थाहरूको जे जे भूमिका कानुनले दिए अनुसार चुस्त दुरूस्त रूपमा हुनुपर्यो । ऐन कानुनमा रहेर मात्र काम गर्नुपर्यो । ति संस्थाहरूलाई काम गर्नका लागि नियम कानुन बाधा छन् भने सरकारले फुकाउनु पर्यो ।
यी सस्थाहरूलाई नियमनकारी निकाय धितोपत्र बोर्डले एकदमै राम्रोसँग नियमन गर्ने हो भने नेपालको पूँजी बजारमा सुधार हुन्छ । कुनै बजारलाई असर पर्ने खालको काम भइरहेको छ भने त्यसलाई नियन्त्रण गर्नु पर्यो । पूँजी बजार मुद्रा बजार भन्दा अलि जटिल बजार भएकाले सबै जनाले बजारमा राम्रोसँग लगानी गर्न सक्ने खालको वातावरण हुनुपर्यो । यति भयो भने नेपालको पूँजी बजार सप्रिन्छ ।
यसकोलाई नजिकबाट नियाल्नको लागि अर्थ समिति कै उपसमितिले अध्ययन पनि गर्दै छ । अब केही दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्छ । बजारमा गर्नुपर्ने काम र देखिएका समस्याह?को निक्यौल गरेर त्यसलाई समितिले पूर्णता दिन्छ ।
अहिले लकडाउन अवधिभर दोस्रो बजारमा कारोबार भएन । धितोपत्र बोर्डले बजार खोल्ने सम्बन्धमा बानाएको समितिले विहीबारसम्ममा एउटा प्रतिवेदन बुझाउने र फेरी शुक्रबार छलफल गरेर आइतवारदेखि बजार बजार खोल्ने वा के गर्ने भन्ने बारेमा टुङ्गो लगाउने हाम्रो छलफलमा जानकारी गराएको छ ।
पूँजी बजारमा समस्याहरू देखिएको हुँदा उक्त समस्याहरू नआउन भनेर समस्याको समाधान उन्मुख भनेर केही समस्याको समाधान भइसकेको र अब केही समस्याको साधान हुन बाँकी रहेको हुँदा बजार खोल्न केही ढिला भएको बुझिएको छ । विशेषगरी नेप्सेको अनलाइन सिस्टम र ब्रोकरहरूको टिएमएसमा समस्या देखिएको हुँदा शेयर कारोबार हुने भएपछि हुने राफसाफमा समस्या भएको कारणले गर्दा बजार खोल्न केही ढिला भएको हो । त्यो समस्याको समाधान गरेर मात्रै ९९.९९ ठिक हुने गरी समस्याको समाधान हुने गरिमात्र बजार खोल्न तयारी गरेको हुँदा समयका लागि होल्ड गरेको बोर्डले बताएको छ । फेरी बजार खोलिसकेपछि अनेकौं समस्या औल्याउन भन्दा समस्या आउनै नदिने गरी काम गरेर बजार खोल्ने तयारीमा रहेको बुझिएको छ ।
हामी त्यही मात्र बुझ्न गएका हैनौं । पूँजी बजारको विषयमा अन्तराष्ट्रिय अध्ययन हामीले गरी सकेकपछि हाम्रो बजारको बारेमा पनि बुझ्न बोर्ड पुगेको हौं । पूँजी बजारसँग सम्बन्धी निकायहरूसँग कारोबारमा संलग्न नेप्से यिनीहरूको के रहेछ । फिजिकल अवस्था पनि बुझांै र अन्य अवस्था पनि कस्तो रहेछ भन्ने बारेमा बुझ्न गएका हौं । त्यहि बझ्ने क्रममा सुचना आएको दिन पनि परेकाले बजार बन्द भएको समयमा अर्थ समिति बजार खोल्न गएको होकी भन्ने पनि परेको रहेकोछ ।
तर हामी बोर्ड जाने लक्ष्य त्यती मात्र होइन । तर बजार धेरै दिन बन्द गर्न हुदैन् । बजार नखोलेर राम्रो भएन अन्तराष्ट्रिय बजार खुलेको छ । नेपालमा पनि अन्य क्षेत्रहरू खुल्ला भएका छन् बजार किन खुलेन भन्ने बारेमा बुझेका हौ । यसले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बजार प्रति विश्वसनियतामाथि आँच आउन सक्छ भन्ने कुरा बोर्डलाई भनेका हौं ।
लामो समयको लकडाउ बीचमा यससम्बन्धी तयारी गरीसक्नु पर्नेमा नगरेर स्थगन गर्न राम्रो भएन् भन्ने हामीले बुझ्न खोज्दा बोर्डले यती कुरा बताएको हो । बजार खोल्नेबारेमा बनाएको समितिले ल्याएको प्रतिवेदन अनुसार बजार खोल्ने तयारीमा रहेको बोर्डले हामीलाई बताइसके पछि हामीले त्यसबारेमा धेरै कुरा राखेनौं ।
अझैपनि बजार नखोले हुने थियो भन्नेहरू पनि रहेछन केही खोल्नुपर्छ भन्ने छन् । कुनै लगानीकर्ताको मार्जिनको समस्या खोपिरहेका छन् ।
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काम अर्थ समितिको उप समितिलाई देखाएर धेरै कुराहरू आएका छन् । त्यसमा ब्रोकरहरू बैंकलाई ब्रोकर लाईसेन्स नदिए हुने भन्ने भाब बुझिन्छ । लगानीकर्ताको तर्फहरूबाट बुझ्दा बैंकलाई ब्रोकर लाईसेन्स दिँदा बजारको पँहुच बढ्ने बताइरहेका छन् । बैंकहरूलाई पनि शेयर कारोबार गराउँदा पूँजी बजारमा पनि आफ्नो पहुँच हुने थियो भन्ने देखिन्छ । सबैंको आ आफ्नै स्वार्थहरू रहेका छन् । हामीले त्यो मात्र हेरेर हुदैन् । हामीले संसारमा चलेको टे«न्ड के हो ? हामीले गर्ने त्यही हो र समिति उप समितिले कुनै काम रोकेर राख्दैन । खाली के भन्छ भन्दा भइरहेका बिकृतीहरूलाई पनि समाधान गर्नपर्यो र बैंकका सहायक कम्पनीहरूलाई ब्रोकरको कामहरू गर्न दिन हुने लाभहरू के के हुन्, कहिले कही पर्न सक्ने प्रतिकुलताहरू के के हुन् । भन्ने बुझेर मात्र काम गर्ने हो । अहिले धितोपत्र ऐन पनि संसदमा संशोधनका लागि आएको छ । त्यसमा पनि हामीले केही कुरा राख्न सकिएला र सरकारले गर्ने निणर्यमा हाम्रो कुनै आपति रहदैन् । खाली ढिलो भएको कारणले मान्छेहरूले शंका उपशंका गरेका हुन रिर्पोेट आएपछि सबै समस्या समाधान हुनेछ । जुन यसै विषमा अध्ययन गर्नका लागि बनेको उप समितिलाई एकदम तदारूकताको साथ लाग्न भनेको छु । दिन दिनै बैठक गरेर भएपनि तुरून्त रिर्पोट समितिमा बुझाउन भनेको छु । मलाई लाग्छ एक हप्ता भित्रमा रिर्पोट समितिमा बुझाइ सक्नु हुन्छ होला । समितिले दुई चार दिन हेरेर मात्र निर्णय गर्ने छौं ।
( सम्वाददाता सुधा देवकाेटासँगकाे कुराकानीमा आधारित)