यस पुस्तकमा जोनले किन सीमित बजेटले व्यवसाय शुरु गर्नु उद्यमीको लागि प्रतिस्पर्धात्मक फाइदाजनक छ भन्ने विषयमा चर्चा गरेका छन्। क्वीन्सको सडकमा घरमा सिलाइएको टिसर्टहरु बिक्री गर्न शुरु गर्दादेखि नै यसको अभ्यास गर्दै आएका थिए। त्यो समयमा मात्र ४० डलर बजेटले उनले आफ्ना उत्पादनहरु बिक्री गर्न सिर्जनात्मक रणनीति बनाउनु परेको थियो। भाग्यवश, निराशाले नयाँ सोचलाई जन्म दियो र त्यही रचनात्मक सोचले अन्ततः ‘फुबु’ ब्राण्डलाई ६ बिलियन डलर कम्पनीको रुपमा स्थापित गर्यो।
यदि उनले त्यस्तो अभावमा पनि शुरु नगरेको भए यो सम्भव थिएन। यो अरु केही होइन, मात्र आशा र सफलता प्राप्त गर्ने तीव्र इच्छाले यसलाई सम्भव बनाएको हो। यहाँ ‘फुबु’का संस्थापक र एबिसीको शार्क ट्याङ्कका स्टारले दायित्व बाहेक, वास्तवमा एक उद्यमीलाई ‘ब्रोक’ले सबैभन्दा ठूलो प्रतिस्पर्धात्मक फाइदा दिन सक्छ।
पुस्तक सारंशः
यस भित्र मेरो लागि के छ? केहि नहुनु (बिइङ्ग ब्रोक) को शक्ति पत्ता लगाउनुहोस्
हामीले रैतीबाट राजा भएका उद्यमीहरुको कथा सुनेका छौँ जसले खाली हातका साथमा यात्रा शुरु गरेका थिए। जस्तै उदाहरणका लागि डा. ड्रेलाई लिऔँ, जसले लस एन्जल्सको दक्षिण केन्द्रिय जिल्लाबाट डिजेको रुपमा काम शुरु गरेको थिए जो पछि गएर एक सफल निर्माता बने र अहिले उनी हेडफोन साम्राज्यका मालिक हुनुका साथै एप्पल म्युजिकका उच्च श्रेणीका कार्यकारी हुन्।
यस्ता कथाहरु प्रेरणादायक हुनसक्छ, तर केबल केही व्यक्तिहरु, विशेष गरी असाधारण प्रतिभा र भाग्यको साथ भएका मानिसहरुले मात्र सफलता प्राप्त गर्न सक्छन् भन्ने कुराले यसलाई सजिलै खण्डन गर्ने गरेको छ। तर, त्यहाँ एक त्यस्तो शक्ति छ जुन ‘ब्रोक’ हुँदा पत्ता लगाउनु पर्छ।
यस पुस्तक सारंशले आत्म–निर्मित पुरुष र महिलाहरुको अनुभवको आधारमा कसरी ‘ब्रोक’ हुनुले हामीलाई सफलता प्राप्त गर्न नयाँ दृष्टिकोण प्रदान गर्दछ भन्ने स्पष्ट पार्दछ।
यस पुस्तक सारंशमा तपाईले निम्न कुराहरु पाउन सक्नेहुन्छ:
- कसरी एक गरिब आप्रवासीले आईसक्रिम ट्रकलाई रेष्टुराँ साम्राज्यमा परिवर्तन गर्यो?
- किन नयाँ ग्राहकको तथ्याङ्कमा पुग्नु नराम्रो कुरा हो?
- कम्प्यूटर चलाउनै नजान्ने केटोले स्थापना गरेको सफल कम्प्यूटर कम्पनी कुन हो?
बुँदा १ः ‘ब्रोक’ हुनुले नवीनता र प्रमाणिकतातर्फ दोहो¥याउँछ, सफलताका दुई मन्त्र
के तपाईले कहिले दुई वा तीन अवयवहरु मात्र भएको बेला डिनर बनाउनु परेको छ? यदि छ भने, तपाई याद गर्न सक्नुहुनेछ कि यो जस्तो सीमितताहरुमा नै प्रायः स्वादिष्ट भोजन बन्ने गर्दछ।
यो त मात्र एक उदाहरण भयो। अग्रेंजीमा एउटा भनाई छ ‘नेसिसीटि इज द मदर अफ इन्भेन्सन’ अर्थात ‘आवश्यकताले नै नयाँ आविष्कार जन्माउँछ’।
अथवा, यसलाई अर्को शब्दमा, श्रोतको अभावहरुमा वास्तविक सिर्जनशीलता र प्रेरणालाई जन्म दिन्छ जुन अन्य अवस्थामा उत्पन्न नै हुँदैनन्।
कुनै व्यवसायलाई एक मिलियन डलर हुनुको अर्थ यो होइन कि त्यो व्यवसाय सफल हुन्छ। यसको विपरित, पहिले नै धनी हुनुले जोश र नवीनतालाई हटाउन सक्छ जुन दीर्घकालीन सफलताको लागि आवश्यक पर्दछ।
तपाईको बैंक खाता खाली छ भने यो स्पष्ट छ कि तपाईको सफलताको लागि तपाईले कडा मेहेनत गर्नुपर्ने हुन्छ र सृजनशील बन्नु पर्ने हुन्छ।
यो त्यस्तो बास्केट बल खेलाडीको जस्तो अवस्था हो जसलाई खेल जित्नको लागि एक सट मात्र आवश्यक छ तर, ऊ मैदानको मध्य भागमा छ र खेल सकिन मात्र केही सेकेण्ड बाँकी छ। यस्तोमा ऊसँग गएर राम्रो सट लिनु बाहेक अर्को कुनै विकल्प नै हुँदैन।
यसका साथै यो पनि बुझ्न आवश्यक छ कि नवीनता एक दृष्टिबाट आउँछ जुन तलबाट माथि हुन्छ, माथिबाट तल होइन।
यसले यो फरक पर्दैन कि यो मनोरञ्जन हो कि फेसन वा प्रविधि हो, विचार वास्तवमै तलबाट उत्पन्न हुन्छ। कार्यकारीहरुले पैसा फ्याक्दैमा नयाँ आईडिया आउँदैन। र जब कुनै विचार वास्तवमै चल्न थाल्छ, यो प्रायः किनभने मानिसहरुले उत्साह र इमान्दारिताका साथ प्रतिकृया जनाउँछन्।
उदाहरणका लागि ‘आर्ट बजल’ लाई लिन सक्छौँ, संसारकै सबैभन्दा ठूलो आर्ट मेला, जुन स्वीजरल्याण्ड, हङकङ र मायामी किनारामा भएको थियो। त्यहाँ धेरै स्थापित चित्रकारहरुको चित्र प्रदर्शनीमा राखिएको भएपनि धेरैजसो दर्शकहरु सडक कलाकारहरुको कलामा अधिक उत्साहित देखिन्थे।
यसले लेखक जोनको ‘फुबु’ सफल हुनुमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो। ‘फुबु’को अर्थ ‘फर अस, बाई अस’ को। यस कपडाको व्यवसाय सडकमा हिड्ने सामान्य मानिसहरुले लुगा लगाउने तरिकाबाट प्रेरित छ, स्टुडियोका डिजाइनरहरुद्वारा होइन।
तपाई आफ्नो ब्राण्डलाई ग्राहकसँगको व्यक्तिगत नाताको रुपमा सोच्न सकिन्छ, एउटा राम्रो नाता, जसलाई बलियो आधारमा निर्माण गर्नुपर्दछ। त्यसैले आफैप्रति सच्चा हुनुहोस् होइनभने, यी नाताहरु असफल हुन्छन्, बर्बाद हुन्छन्।
बुँदा २ः सफल बन्नको लागि, भोको हुनुहोस् र शार्कले जसरी सोच्नुहोस्
यदि तपाई ‘रकी’ फिल्मसँग परिचित हुनुहुन्छ भने, तपाईलाई थाहा हुन्छ कि कसरी रकीको करियर बिग्रीयो जब उनको सफलता टाउकोमा पुग्यो र जथाभावी खर्च गर्न थाल्यो। पुनः माथि उठ्नको लागि उनले महसुस गरे कि उनले आफ्नो जोश र जित्ने भोकलाई पुनः खोज्न आवश्यक छ।
व्यवसायमा पनि त्यस्तै सिद्धान्त लागु हुन्छ, भोकले तपाईलाई तपाईको विकासमा केन्द्रित हुन मद्दत गर्दछ र आफ्नो पहुँचभित्र के छ भनी यथार्थपरक रहन मद्दत गर्दछ।
क्यापिटल वान बैंकको स्मल विजनेश कन्फिडेन्स स्कोरलाई हेरौँ। यो स्कोर एक व्यवसायको हायरिङ्ग प्लान, भविष्य प्रतिको दृष्टिकोण र वर्तमान आर्थिक स्थितिले निर्धारण गर्दछ।
सन् २००८ को मन्दीदेखि समग्रमा आत्मविश्वास उच्च दरमा रहेको यस स्कोरले देखाएको छ। किनभने साना तथा भोका व्यवसायीहरुलाई कसरी व्यवसायीक योजनाहरुमा टिक्ने र ठूलो छलाङ्ग मार्नका लागि साना कदमहरु कसरी चाल्ने भन्ने थाहा छ।
भोको र सफल रहने राम्रो तरिका भनेको आफ्नो अवस्थालाई बुझेर उद्देश्यमा केन्द्रित हुँदै शार्क माछाले जस्तै सोच्नु हो।
एबीसीको रियालिटी टिभी सो शार्क ट्याङ्कमा, एक पछि अर्को उद्यमीहरु आफ्नो उत्पादन तथा विचारहरु लगानीकर्ताहरु समक्ष राख्छन्। र त्यो कार्यक्रमले एउटा कुरा सिकाउँछ, त्यो के हो भने लगानीकर्ताहरु एक उद्यमीसँग बजार र लक्ष्य प्रति स्पष्ट छ भन्ने सुन्न चाहन्छन्।
एक अवस्थामा, सो कार्यक्रमका लगानीकर्ताहरुले ‘फोरस’ नामक एक जुत्ता कम्पनीलाई अस्वीकार गरे किनभने उद्यमीहरुले लक्ष्य प्राप्त गर्न सकेनन् तरपनि विस्तार गर्न चाहे जसले उनीहरुलाई बजारबाट बाहिर लग्यो। यस कुरालाई ध्यानमा राखेर, एक लगानीले तिनीहरुलाई गलत जनसांख्यिकीमा ध्यान केन्द्रित गर्न प्रत्साहित गरेर व्याकुल बनाएको थियो।
त्यसैले, एक उद्यमी जसले सस्तो सामान बिक्री गर्न कारको ट्रंक प्रयोग गर्छन्, उनीहरुको लगानीकर्ताहरुमा राम्रो छाप पर्छ। यदि उनीहरु ५ मिनेट भित्र ५० युनिट बिक्री गर्न सफल भए भने यो प्रमाणित हुन्छ कि उनीहरुले बजारलाई राम्रोसँग बुझेका छन्।
बुँदा ३ः एक बेफाइदाले तपाईलाई त्यस्तो श्रोतको खोजीतर्फ दोहो¥याउँछ जुन अरुले छुटाएका छन्
केही मानिसहरु जन्मदै केही फाइदाहरु लिएर जन्मिएका हुन्छन् जबकी अरु बेफाइदाबाट शुरु गर्छन्। तर, यदि तपाई अरुले पाएजति नै पाउनका लागि उनीहरुको भन्दा बढी मेहेनत गर्नुपर्यो भने पनि त्यसले तपाईलाई निराश बनाउन नदिनुहोस्।
बेफाइदा हुनु र सीमित श्रोत हुनु वास्तवमा सफलताको एक शुत्र प्रमाणित भएको छ। वास्तवमा संयुक्त राष्ट्र अमेरिकामा त्यहाँका नागरिकले भन्दा आप्रवासीहरुले आफ्नै व्यवसाय शुरु गर्ने सम्भावना दोब्बर छ।
रकी एओकी सन् १९६० तिर जापानबाट अमेरिका गएका थिए, र आफ्नो रेष्टुराँ व्यवस्थापन कक्षामा तिर्नको लागि उनले एक आईसक्रिम ट्रक भाडामा लिए जसलाई उनी न्यूयोर्क शहर भरि चलाउँथे। उनले अन्ततः १० हजार डलर बचाए जसले गर्दा उनलाई रेष्टुराँमा लगानी गर्न आफ्नो बुबालाई मनाउन सहयोग गर्यो। र, त्यो नै प्रसिद्ध रेष्टुराँ चेन, बेनिहाना, बन्यो।
रकीले आफ्नो छोरा, इलेक्ट्रोनीक डान्स म्यूजिसियन स्टिभ एओकी, ले उनको पैसाले नभई आफैले सफलता प्राप्त गरोस् भन्ने चाहन्थे। त्यसैले, जन स्टिभ १९ वर्षका भए, उनले आफ्ना साथीहरुसँग मिलेर डिम मक रेकर्डस् नामक संगीत लेबल शुरु गर्न आफुसँग भएको ४०० डलर प्रयोग गरे। उनीहरुको पहिलो कार्यालय उनको अपार्टमेन्ट थियो, जुन जहिले १३ इन्टर्नहरुले भरिएको हुन्थ्यो।
स्टिभको डिजे गिग्सपछि उनी र उनका साथीहरुले आफै सेभेन इन्च सिंगल उत्पादन गर्न थाले र त्यसलाई उनीहरुको कारको पछाडि राखेर तबसम्म बिक्री गर्न थाले जबसम्म उनीहरु अर्को बनाउन सक्षम भएनन्।
अन्ततः स्टिभले विभिन्न १० क्रेटिड कार्डहरुको प्रयोग गरे, आज उनी एक सफल लेबल र जीवनशैली ब्राण्डसहितको एक लोकप्रिय संगीतकार भएका छन्।
एओकीहरुले हामीहरुलाई देखाएजस्तै, कहिलेकाँही तपाईसँग तपाईको सोच्ने क्षमताभन्दा बढी श्रोतहरु हुन्छन्।
यदि तपाईसँग घर छ भने, तपाईको घरमा नै लगानी गर्नसक्ने इक्विटी हुनसक्छन्। यदि तपाईले ऋण लिनु भएको छ भने, व्यवसायबाट आम्दानी नहुँदासम्म तिर्नको लागि पुग्ने रकम छुट्याउनु होस्।
एक्सट्रा पैसा तपाईलाई नचाहिने साना कुराहरुबाट पनि आउन सक्छ।
यदि तपाईको कार दिनदिनै ग्यारेजमा त्यसै थन्किरहेको छ भने, तपाई त्यसलाई बेच्न सक्नुहुन्छ। जस्तै, स्टिभ जब्सले पहिलो एप्पल कम्प्यूटरको पार्टपूर्जा खरिद गर्न आफ्नो गाडी बेचेका थिए।
( अनुवाद: प्रत्येक अवाले)