महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग

Jun 24, 2020 06:53 PM Merolagani



महालक्ष्मी विकास बैंकले विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि तीन लाख पन्ध्र हजार रुपैयाँको आर्थिक सहयोग गरेकाे छ।

बैंककाे हेटौंडा शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ स्थित श्री आनन्द भैरव आधारभुत विद्यालयका लागि असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई एक लाख पचास हजार  रूपैयाँको चेक हस्तान्तरण गरेका थिए। 

त्यसैगरी, बैंककाे टाँडी शाखाले असार ८ गते चितवनको इच्छाकामना गाँउपालिका ७स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख पैसठ्ठी हजार रूपैयाँको चेक हस्तान्तरण गरेका थिए। 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा