एनआईसी एशिया बैंकद्वारा ३० लाख रूपैयाँकाे घातक रोग बीमा दावी रकम भुक्तानी

Jun 25, 2020 02:04 PM Merolagani



एनआईसी एशिया बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोग उपचार बीमा वापत बीमा रकम भुक्तानी गरेको छ। बैंकले दुई जना ग्राहकहरूलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो । सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ ।

बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँसँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिने बैंकले जनाएकाे छ।

बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम २० हजार देखि १ लाख ६० हजार रुपैयाँसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ । ग्राहकले यस खातामा प्राप्त २१ लाख रुपैयाँसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब १४ हजार रुपैयाँ बराबर बीमा शुल्क वापत थप बुझाउनु पर्ने हुन्छ । जसकारण ग्राहकलाई करिब १४ हजार रुपैयाँ प्रत्यक्ष फाइदा पुग्ने बैंकले जनाएकाे छ। त्यस्तै कर्जा सम्बन्धीे चमत्कारिक सुविधाबाट १ लाख १३ हजार रुपैयाँसम्मको फाइदा छ भने नेपालभरका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट\क्रेडिट कार्ड, निःशुल्क मोबाइल\इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क आईभीआर सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत जम्मा सेवाको बजार मुल्य गणना गर्दा खातावालाले करिब ८७ हजार रूपैयाँ बराबरको फाइदा लिन सकिनेछ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको १ करोड ३३ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।