फेयर एण्ड लभ्लीको नाम परिवर्तन हुने

Jun 26, 2020 04:10 PM Merolagani



युनिलिभर कम्पनीले फेयर एण्ड लभ्लीको नाम परिवर्तन गर्ने भएको छ । एशियामा प्रसिद्ध साैन्दर्य क्रिम फेयर एण्ड लभ्लीले छाला गोरो बनाउने नाममा नकरात्मक मानसिकतालाई प्रचार गरेको आरोप निरन्तर लागिरहेकाले कम्पनीले यस्तो कदम चाल्न लागेको हो ।

युनिलिभरले सौन्दर्यको एकल आदर्श ब्रान्डिङ गरेको स्विकार गरेको छ। यसले आफ्ना सामाग्रीहरुमा गोरो तथा उज्यालो भन्ने शब्द उल्लेख पनि नगर्ने भएको हो ।

हालै मात्र फेयर एण्ड लभ्लीको उत्पादन रोक्न दबाब दिनकालागि दुई भिन्न किसिमका हस्ताक्षर अभियान संचालन गरिएको थियो जसमा १८ हजार भन्दा धेरैको हस्ताक्षर रहेको थियो ।

रंग विभेद गरेको आरोप लागिरहेको यस कम्पनीले अब सबै किसिमका छालाका रंगहरुलाई समावेश गर्दै सौन्दर्यको विविधता मनाउने जनाएको छ । यसैगरी कम्पनीले पहिले र अहिले भन्दै देखाइने रंग अन्तरको प्याकेजिङ पनि हटाइसकेको छ । फेयर एण्ड लभ्ली भारत, इन्डोनेशिया, थाइल्याण्ड र पाकिस्तान लगायतका एशियाली राष्ट्रमा बिक्री हुने गर्दछ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।