नेपाल इन्स्योरेन्सले लाभांश पठाउन थाल्यो

Jun 28, 2020 12:21 PM Merolagani



नेपाल इन्स्योरेन्स (NICL) ले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाउन थालेको छ। असार ५ गते सम्पन्न बार्षिक साधारण सभाबाट पारित भएको २.८९ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको हो।

इन्स्योरेन्सले चैत ३ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा नै नगद लाभांश जम्मा गरिएको जनाएको छ। त्यसपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत लाभांश बैंक खातामा नै जम्मा गरिने जनाएको छ।

यस्तै, हालसम्म शेयर प्रमाणपत्र अभौतिकिकरण नगरेका शेयरधनीहरुले डिम्याट खाता रहेको सम्बन्धित ब्रोकरमा अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ।

असार ५ गते सम्पन्न साधारण सभाले पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे।

बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुगेकाे छ। 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।