एनआईसी एशिया लघुवित्तको आइपीओमा कति पर्यो आवेदन?

Jun 28, 2020 05:24 PM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ।

असार १४ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकबाट २ अर्ब २८ करोड ९५ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ९५ हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ५.१५ गुणा धेरै हो।

लघुवित्तले गत बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।

लघुवित्तले बिक्रीमा ल्याएको आइपीओ आजैबाट बिक्री बन्द भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।