Thu, Jan 01, 2026
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ।
असार १४ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकबाट २ अर्ब २८ करोड ९५ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ९५ हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ५.१५ गुणा धेरै हो। लघुवित्तले गत बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो। लघुवित्तले बिक्रीमा ल्याएको आइपीओ आजैबाट बिक्री बन्द भएको छ। लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
असार १४ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकबाट २ अर्ब २८ करोड ९५ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ९५ हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ५.१५ गुणा धेरै हो।
लघुवित्तले गत बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।
लघुवित्तले बिक्रीमा ल्याएको आइपीओ आजैबाट बिक्री बन्द भएको छ।
पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।