जेठसम्ममा बीमा कम्पनीहरुको बीमाशुल्क ९२ अर्ब माथि, नेपाल लाइफ र शिखरको अग्रता कायम

Jun 29, 2020 08:03 AM Merolagani

अरूण पाख्रेन

नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ९२ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । 

१९ जीवन बीमा कम्पनीहरुबाट ६९ अर्ब ८० करोड र राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ निर्जीवन बीमा कम्पनीहरुबाट २२ अर्ब ३७ करोड रुपैयाँ गरी सो बराबरको कुल बीमाशुल्क आर्जन गरेको हो ।चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमातर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स सबैलाई उछिनेर आफ्नो अग्रता कायमै राखेको छ । यस अवधिमा नेपाल लाइफले २० अर्ब ८९ करोड र शिखर इन्स्योरेन्सले २ अर्ब ८७ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल लाइफ एक्लैको ३० प्रतिशत योगदान

बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट ६९ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले २० अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा अन्र्तगत संकलन भएको कुल बीमा शुल्कको २९.९३ प्रतिशत हो ।

यस्तै एलआईसी नेपालले पनि १५.३६ प्रतिशत अर्थात १० अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी राष्टिय बीमा संस्थानले ६ अर्ब १६ करोड, नेशनल लाइफले ६ अर्ब २३ करोड, मेट लाइफले ३ अर्ब ६० करोड रुपैयाँ बराबरो कुल बीमा शुल्क आर्जन गरेको छ ।

नयाँ जीवन बीमा कम्पनी मध्येका युनियन लाइफ इनस्योरेन्सले भने पुराना कम्पनीहरुलाई समेत उछिनेर ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।युनियनले पुराना एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफलाई कुल बीमाशुल्क आर्जनमा उछिनेको छ ।

एशियन लाइफले ३ अर्ब ५१ करोड, प्राइम लाइफले २ अर्ब ५१ करोड, सूर्या लाइफले २ अर्ब ३७ करोड, र गुराँस लाइफले १ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै,रिलायवल लाइफले १ अर्ब ३७ करोड, सिटिजन लाइफले १ अर्ब ३२ करोड र ज्योति लाइफले १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । बाँकी नयाँ जीवन बीमा कम्पनीहरुले कुल बीमाशुल्क अर्ब कटाउन सकेका छैनन् । सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

निर्जीवनतर्फ शिखरको मात्रै करिब ३ अर्ब योगदान

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्ममा २२ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमाशुल्क आर्जन गरेको हो ।

बीमा समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुबाट संकलन भएको कुल बीमाशुल्कको १२.८३ प्रतिशत हो ।

यस्तै, सगरमाथाले १ अर्ब ९५ करोड, नेकोले १ अर्ब ८४ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७५ करोड, एनएलजीले १ अर्ब ५१ करोड, प्रिमियरले १ अर्ब ४५ करोड र प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड, हिमालयन जनरलले १ अर्ब १५ करोड र आइएमई जनरलले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । बाँकी कुनैपनि बीमा कम्पनीको कुल बीमाशुल्क अर्ब नाघ्न सकेको छैन ।

नयाँ संचालनमा रहेका अजोड इन्स्योरेन्सले ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो पुरानो संचालनमा रहेका युनाइटेड इन्स्यारेन्स र नेशनर इन्स्योरेन्सको भन्दा बढी हो ।

यस्तै जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले ३८ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।