नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा पहिलो दिन नै नकारात्मक सर्किट

Jun 29, 2020 12:08 PM Merolagani



कारोबारको पहिलो दिन नै नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।

लकडाउनका बिच शेयर बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको शेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो। बजार तीव्र गतिमा ओरालो लागेसँगै यस कम्पनीको शेयरमूल्य पनि ओरालो लागेको हो।

कारोबार ४० मिनेटमा नै यस कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा कारोबार भइरहेको छ।

मार्केट डेप्थ अनुसार सो कम्पनीको शेयरमा बिक्रीचाप बढी देखिएको छ भने खरिदचाप शून्य रहेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा