माइक्रोसफ्टले विश्वभरका रिटेल स्टोर्स बन्द गर्दै

Jun 29, 2020 04:03 PM Merolagani



चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरका आफ्ना सबै रिटेल स्टोरहरु बन्द गर्ने भएको छ । कम्पनीले हालै आफ्नो रिटेल स्टोरहरु बन्द गर्ने घोषणा गरेको हो । 

उक्त घोषणाको अर्थ महामारीका कारण बन्द भएको माइक्रोसफ्टका ८० भन्दा धेरै रिटेल स्टोर्स अब फेरि खुल्ने छैनन् । ती बन्द भएसँगै कम्पनीको रिटेल टीम मेम्बर्स कस्टमर्स सर्भिस, सेल्स, ट्रेनिङ र सपोर्ट जस्ता सेवासँग जोडिनेछन् ।

माइक्रोसफ्टका अनुसार, कम्पनीले अब डिजिटल स्टोर्समा जोड दिनेछ । कम्पनीको ती चार क्षेत्रका स्टोर्स मात्र खुल्ला रहनेछन्, जसमा अब उत्पादनको विक्री हुदैन र यसको उपयोग केबल एक्सपिरियन्स सेक्टरका रुपमा हुनेछ ।

कम्पनीले एक्सबक्स र विन्डोज स्टोर्समा लगानी जारी राख्नेछ । कम्पनीले लन्डन, न्यूयोर्क, सिड्नी र रेडमन्ड क्याम्पस जस्ता स्थानहरुमा माइक्रोसफ्ट एक्सपिरियन्स सेन्टर्स सञ्चालन गर्नेछ ।

कम्पनीका अनुसार, रिटेल स्टोर्सबाट प्राप्त हुने सबै सुविधाहरु प्रयोगकर्तालाई अब डिजिटल प्लेटफर्ममा नै उपलब्ध हुनेछ । एजेन्सीको सहयोगमा




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।