ललितपुरको स्टार अस्पतालमा एक पुरुषको कोरोना संक्रमणका कारण निधन

Jun 29, 2020 04:46 PM Merolagani



ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ३० वर्षिय ती पुरुष रौतहट जयपुर ७ निवासी हुन् ।

उनलाई असार १३ गते स्वासप्रश्वासमा समस्या देखिएपछि ललितपुरको स्टार अस्पतालकाे आइसीयूमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी सोहि दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा लगिएको र असार १४ गते उनमा कोरोना पुष्टि भएको हो ।

ती पुरुषको असार १३ गते राती ८ बजे निधन भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।  उनको शव असार १४ गते नेपाली सेनाले व्यवस्थापन गरेको हो । उनी गत ३ महिनादेखि फोक्सोमा समस्या भएकाले विभिन्न अस्पतालमा उपचाररत थिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २९ पुगेको छ  ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।