Fri, May 01, 2026
ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ३० वर्षिय ती पुरुष रौतहट जयपुर ७ निवासी हुन् ।
उनलाई असार १३ गते स्वासप्रश्वासमा समस्या देखिएपछि ललितपुरको स्टार अस्पतालकाे आइसीयूमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी सोहि दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा लगिएको र असार १४ गते उनमा कोरोना पुष्टि भएको हो । ती पुरुषको असार १३ गते राती ८ बजे निधन भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनको शव असार १४ गते नेपाली सेनाले व्यवस्थापन गरेको हो । उनी गत ३ महिनादेखि फोक्सोमा समस्या भएकाले विभिन्न अस्पतालमा उपचाररत थिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २९ पुगेको छ । लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
उनलाई असार १३ गते स्वासप्रश्वासमा समस्या देखिएपछि ललितपुरको स्टार अस्पतालकाे आइसीयूमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी सोहि दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा लगिएको र असार १४ गते उनमा कोरोना पुष्टि भएको हो ।
ती पुरुषको असार १३ गते राती ८ बजे निधन भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनको शव असार १४ गते नेपाली सेनाले व्यवस्थापन गरेको हो । उनी गत ३ महिनादेखि फोक्सोमा समस्या भएकाले विभिन्न अस्पतालमा उपचाररत थिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २९ पुगेको छ ।
बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।