हालको लकडाउनलाई साउन ७ गते सम्म निरन्तरता दिने

Jun 29, 2020 09:29 PM Merolagani



सरकारले हाल कायम रहेको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि तत्कालको लागि सरकारले लकडाउन थप खुकुलो बनाउन नसकिने निर्णय गर्दै स्वास्थ्य सतर्कता अपनाउन जरुरी रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको जनाएको छ ।

कोरोना संक्रमण तथा रोकथामको लागि सरकारले गत चैत ११ गते देखि लकडाउन गरेको छ । पछिल्लो पटक असार १ गते देखि भने लकडाउनलाई केहि खुकुलो बनाएको थियो ।

जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन गर्ने र कार्यलयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।