कुमारी बैंकले देवः विकास बैंकलाई गाभेर असार २८ गतेदेखि एकिकृत कारोबार थाल्ने

Jun 30, 2020 10:46 AM Merolagani



कुमारी बैंकले देवः विकास बैंकलाई गाभेर असार २८ गतेदेखि एकिकृत कारोबार थाल्ने भएको छ। नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारकाे कार्यालयबाट एकिकृत काराेबारकाे लागि अनुमति पाएसँगै बैंकले २८ गतेदेखि काराेबार थाल्न लागेकाे हाे।

कुमारी बैंकले गत जेठ १९ गतेसम्पन्न विशेष साधारण सभाबाट देवः विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो भने देवः विकास बैंकको जेठ १९ गते नै सम्पन्न वार्षिक साधारण सभाले कुमारी बैंकमा विलय हुने प्रस्ताव पारित गरेको थियो।

यी बैंकहरुले नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट असार १४ गते एकिकृत कारोबारको लागि अनुमति पाएका थिए।

हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख र कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ। कुमारी बैंकले देवः विकास बैंकलाई १ बराबर ०.८६ शेयर स्वाप रेशियोमा एक्वायर गरेको हो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।