प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि सिडिएससिले माग्यो आवेदन

Jun 30, 2020 11:11 AM Merolagani



लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पद पूर्तिका लागि सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले आवेदन माग गरेको छ। कम्पनीले असार १६ गते सूचना जारी गर्दै योग्यता पुगेकाहरुलाई आगामी १५ दिनभित्र आवेदन गर्न आग्रह गरेको हो।

प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन गर्न ३५ वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ भने अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा व्यवस्थापन वा वाणिज्य कानुन विषयमा कम्तिमा स्नातकोत्तर तथा चाटर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हाँसिल गरेको हुनुपर्नेछ।

त्यस्तै, पूँजी बजार वा उद्योग, वाणिज्य, वित्त, लेखा, कानुन र व्यवस्थापन क्षेत्रमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव हाँसिल गरेको हुनुपर्नेछ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल सकिएपछि सिडिएससिकाे प्रमुख कार्यकारी अधिकृतकाे पद गत मंसिरदेखि नै रिक्त छ। 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।