महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकीः डब्ल्यूएचओ

Jun 30, 2020 01:18 PM Merolagani



विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पार भइसकेको छ। यीमध्ये करिब ५६ लाख ६५ हजार मानिसहरु ठीक भएर फर्किसकेका छन् भने ५ लाखभन्दा धेरैले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले महामारीको सबैभन्दा खराब समय आउन बाँकी रहेको बताएको छ।

डब्ल्यूएचओले भनेको छ, 'विश्वभरका देशको अर्थव्यवस्था कोरोना महामारीका कारण एकदमै खराब स्थितिबाट गुज्रिरहेको छ, तर अझै पनि यसको सबैभन्दा खराब अवस्था आउन भने बाँकी नै रहेको छ।'

डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहोनम गेब्रेसियोसिसले भने, 'यदि सरकारले सही नीति अबलम्बन गरेन भने अझै धेरै मानिसहरु संक्रमित हुनसक्छन्। हामी सबै चाहन्छौँ कि महामारी समाप्त होस्, तर हामी अझै पनि यसबाट निकै टाढा छौँ।' एजेन्सीको सहयोगमा 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा