नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द

Jun 30, 2020 01:05 PM Merolagani



बजार खुलेदेखि नै उच्च रुपले बढेको नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।

बजार खुलेको दुई घण्टामा नेप्से सूचक ६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेको छ। 

यसअघि बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो। भने एक घण्टा १७ मिनेट बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगन भएको थियो।

यस दिन कारोबारमा आएका १२ वटा उपसमुहमध्य दुईवटा उपसमुहका सूचक नकारात्मक देखिएका छन भने बाँकी सबै उपसमुहका सूचक सकारात्मक देखिएका छन्।

यस दिन २१ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने ६ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। 

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।