अहिले बैंकमा ऋण दिने पैसा ‘फालाफाल’ भएपनि पछि ‘अभाव’ हुने भन्दै विदेशबाट पैसा ल्याउन तम्सिए

Jul 02, 2020 06:28 PM Merolagani

विष्णु बेल्वासे
अहिले बैंकमा ऋण दिने पैसा ‘फालाफाल’ भएपनि केही महिना भित्रमा नै ऋण दिने पैसाको अभाव हुने संकेत पाएपछि बैंकहरूले धमाधम विदेशबाट रकम ल्याउन थालेका छन् । कोरोना भाइरसका कारण सरकारसँग खर्च गर्ने पैसा नभएपछि आन्तरिक ऋण उठाउन थाल्ने र रेमिटयान्स रकम पनि कमी हुने भएकाले लगानीयोग्य रकमको अभाव हुने भन्दै बैंकले विदेशबाट रकम ल्याउन थालेका हुन् ।

निकट भविश्यमा नै लगानीयोग्य रकमको अभाव हुने अवस्था आउने सक्ने सम्भावनालाई ध्यान दिएर विदेशबाट रकम ल्याउन लागिएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । अहिले बैंकमा लगानीयोग्य रकम (तरलता) प्रशस्त भएपनि केही महिना भित्रै अभाव हुने संकेत देखिएपछि विदेशबाट ऋण रकम ल्याउन लागिएको हो,’ उनले भने, ‘सरकारले पनि आन्तरिक ऋण उठाउन थाल्ने, रेमिटयान्स रकम पनि कमी आउने सम्भावना देखिएकाले लगानीयोग्य रकमको अभाव छिट्टै हुने छ ।’

अहिले नै तरलताको अभाव नभएपनि केही महिना भित्रै लगानीयोग्य रकमको अभाव हुने भन्दै एनएमबी बैंक र लक्ष्मी बैंंकले विदेशबाट ऋण ल्याउन समझदारी गरेका छन् । लकडाउनपछि दुई ठूला वाणिज्य बैंकले विदेशबाट ऋण ल्याउनका लागि समझदारी गरेका हुन् । साना तथा मझौला र सौर्य ऊर्जामा लगानी गर्न विदेशबाट कर्जा लिन लागेको केसीले बताए ।

एनएमबि बैंकले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग २५ करोड डलर अर्थात करिब तीन अर्ब रुपैयाँ पुनर्कर्जाका लागि साझेदारी गरेको छ । यसैगरी, लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट तीन वर्षका लागि २० मिलियन अमेरिकी डलर (दुई अर्ब ४० करोड रुपैयाँ) बराबरको वैदेशिक ऋण ल्याउन समझदारी गरेको छ ।

एनएमबी बैंकले दुई वर्षमा आइएफसीसँग दोस्रो पटक ऋण ल्याउन समझदारी गरेको हो भने लक्ष्मी बैंकले पहिलो पटक विदेशी ऋण ल्याउँदै छ । यो समेत एनएमबी बैंकले विदेशबाट ६ अर्ब रुपैयाँ ऋण ल्याइएको केसीले बताए ।

तीन बर्षका लागि ल्याइने यस्तो रकमले साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने बैंकको योजना छ ।

कोभिड १९ को कारणले आइपरेको कठिनाइहरूको बीचमा पनि बैंकले विदेशबाट ऋण ल्याउन लागेका छन् ।

कोरोना भाइरसको डरत्रास हुनु भन्दा अघि लगानीयोग्य रकमको अभाव थियो । लगानीयोग्य रकमको अभाव भएपछि वाणिज्य बैंकहरुले विदेशबाट ऋण लिएर लगानी गर्न थालेका थिए ।
पहिलो पटक एनएमबी बैंकले ऋण लिएको थियो, त्यसपछि अरु बैंकले ऋण लिन थालेका थिए । लामो समय लिइने यस्तो ऋणको ब्याजदर भने बैंकले ९ प्रतिशतको हाराहारीमा तिर्नु पर्ने हुन्छ ।

माघको तेस्रो साता माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ भन्दा बढी पैसा नेपाल ल्याएको थियो । त्यसबेला नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी अभावको समस्यालाई मध्यनजर गर्दै बैंकले उक्त रकम नेपाल भित्र्याएको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउनका लागि सुरुमा नीतिगत रुपमा बाटो खोली दिएपछि एक दर्जन बैंकले विदेशबाट ऋण लिन तयार देखिएका थिए । केन्द्रीय बैंकले तरलता अभाव भएपछि विदेशबाट रकम ल्याएर लगानी गर भनेको थियो । त्यसबेला स्वदेशमा लगानी गर्ने पैसा नभएपछि विदेशबाट पैसा ल्याएर ऋण लगानी गर्न बैंकहरु तम्सेका थिए ।

पहिलो पटक एनएमबी बैंकले विदेशबाट रकम ल्याएको थियो । त्यसपछि अन्य बैंकसँगै विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरेका थिए । कोरोना भाइरसको त्रास आउनु अघि भारती बैंकको साझेदारीमा खुलेका एसबिआइ र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिने तयारी गरेका थिए । तर, अहिले लागानीयोग्य रकमको अभाव कम भएको भन्दै ती दुई बैैंक पछि हटेका छन् । मेगा बैंक नेपालले दोहा बैंकबाट २ अर्ब रुपैंया भन्दा बढी व्यावसायिक ऋण नेपाल ल्याउँदैछ ।

तरलताको अभाव भएका बेला सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये धेरैले विदेशी बैंकसँग ऋणका लागि प्रक्रिया सुरु गरेका थिए । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोली दिएको थियो । त्यही बाटो प्रयोग गरेर बैंकहरुले ऋण लिन थालेका थिए । अहिले पनि बैंकले ऋण लिने प्रक्रियालाई थाती राखेका छैनन् ।
राष्ट्र बैंकले सुरुमा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाइने ब्यवस्था गरेको थियो । त्यसपछि बढाएर ५० प्रतिशत पुर्याएको थियो । अहिले फेरि बढाएर सत् प्रतिशत पुर्याएको छ । कुनै बैंकको चुक्ता पुँजी नौ अर्ब छ भने त्यही बराबराबको रकम बिदेशी बैंकबाट ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।