Mon, Sep 28, 2026
बिहीबार ४७३ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ।
संक्रमितमध्ये काठमाडौंका २८ जना , ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६६४ रहेको छ। नेपालमा हालसम्म कोरोना मुक्त रहेर डिस्चार्ज हुनेको संख्या पाँच हजार ३०३ पुगेको छ।
असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।