काठमाडौं उपत्यकाका ३२ जना सहित ४७३ जना कोरोना संक्रमित थपिए

Jul 02, 2020 04:37 PM Merolagani



बिहीबार ४७३ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ।

संक्रमितमध्ये काठमाडौंका २८ जना , ललितपुरका २ जना र भक्तपुरका २ जना रहेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६६४ रहेको छ। नेपालमा हालसम्म कोरोना मुक्त रहेर डिस्चार्ज हुनेको संख्या पाँच हजार ३०३ पुगेको छ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।