नेपालमा ४९ दिने शिशुको कोरोना संक्रमणका कारण निधन

Jul 02, 2020 04:53 PM Merolagani



नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण निधन भएको छ। मृत्यु हुने ४९ दिनको शिशु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

म्याग्दीको धौलागिरी ५ मा स्थायी बसोबास गर्ने ती शिशुको असार १७ गते बेलुका ४ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। उनलाई असार ९ गते उक्त अस्पतालमा भर्ना गरिएको र लामो समयदेखि स्वास्थ्य समस्या भएकाले भेन्टिलेटरमा उपचार गरिएको थियो।

उनको पहिलो चरणको हेमो डायलाइसिस उपचार समेत भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन्। योसँगै नेपालमा ३१ जना कोरोना संक्रमितको निधन भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।