‘असहज परिस्थिामा परेकालाई मौद्रिक नीतिमार्फत उकास्ने काम हुने छ,’ गभर्नर

Jul 02, 2020 06:22 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असहज परिस्थितिमा परेकालाई मौद्रिक नीतिमार्फत उकास्ने काम हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा गरिएको छलफलमा गभर्नर अधिकारीले असहज परिस्थितिमा परेकालाई उकास्ने काम हुने बताएका हुन् ।

आर्थिक अवस्था त्यति नराम्रो नभएको जानकारी पनि उनले दिए । ‘आयात घटेको कारणले हामीसँग रिजर्भ छ,’गभर्नर अधिकारीले भने ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका लागि सहयोग पुगोस भनेर समय थप गरि दिएको थियो । तर त्यसले नपुगेको पनि उनले स्वीकार गरे । समय र ब्याजदरका बिषयमा पनि मौद्रिक नीतिले व्यवस्था गर्ने गभर्नर अधिकारीले बताए ।

मौद्रिक नीतिमा गहन रुपमा छलफल गरिरहेको जानकारी पनि उनले दिए । ‘सबैले दिएको सुझाव हेरेका छौं,’ गभर्नर अधिकारीले भने, ‘सबैले दिएको सुझावलाई समेटेर मौद्रिक नीति ल्याउँछौ ।’

प्राय सबैजसो स्थानीयत तहमा बैंकका शाखा पुगेको जानकारी पनि उनले दिए । ती शाखा कम्तिमा ५ जनालाई पुनकर्जा वितरण गरे पनि थुप्रैले त्यो सुविधा पाउनेमा गभर्नर अधिकारीले विश्वास व्यक्त गरे । ‘प्रत्येक गाउपालिकामा रिफानान्स गर्न बैंकका शाखा पुगेका छन् । गाउँको सानो भन्दा सानो व्यवसाय गर्नेले पनि त्यो सुविधा पाउने छ,’ उनले भने ।

काेरोनाका कारण व्यापार व्यवसाय नियमित रुपमा सञ्चालन हुन नसकेको पनि बताए । ‘आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउनु जरुरी देखिन्छ,’ उनले भने, ‘सबै सुझावलाई समेटेर मौद्रिक नीति ल्याउँछौ ।’

बैंकमा अहिले २ देखि अढाई अर्बको लगानीयोग्य रकम रहेको जानकारी पनि गभर्नर अधिकारीले दिए । ‘भोली चाहियो भने अरु पनि ल्याउन सक्छौ,’ उनले भने, ‘असहज अवस्थाबाट अर्थतन्त्रलाई अगाडि बढाउन सवैको सहयोग आवश्यक छ ।’




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।