‘असहज परिस्थिामा परेकालाई मौद्रिक नीतिमार्फत उकास्ने काम हुने छ,’ गभर्नर

Jul 02, 2020 06:22 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असहज परिस्थितिमा परेकालाई मौद्रिक नीतिमार्फत उकास्ने काम हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा गरिएको छलफलमा गभर्नर अधिकारीले असहज परिस्थितिमा परेकालाई उकास्ने काम हुने बताएका हुन् ।

आर्थिक अवस्था त्यति नराम्रो नभएको जानकारी पनि उनले दिए । ‘आयात घटेको कारणले हामीसँग रिजर्भ छ,’गभर्नर अधिकारीले भने ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका लागि सहयोग पुगोस भनेर समय थप गरि दिएको थियो । तर त्यसले नपुगेको पनि उनले स्वीकार गरे । समय र ब्याजदरका बिषयमा पनि मौद्रिक नीतिले व्यवस्था गर्ने गभर्नर अधिकारीले बताए ।

मौद्रिक नीतिमा गहन रुपमा छलफल गरिरहेको जानकारी पनि उनले दिए । ‘सबैले दिएको सुझाव हेरेका छौं,’ गभर्नर अधिकारीले भने, ‘सबैले दिएको सुझावलाई समेटेर मौद्रिक नीति ल्याउँछौ ।’

प्राय सबैजसो स्थानीयत तहमा बैंकका शाखा पुगेको जानकारी पनि उनले दिए । ती शाखा कम्तिमा ५ जनालाई पुनकर्जा वितरण गरे पनि थुप्रैले त्यो सुविधा पाउनेमा गभर्नर अधिकारीले विश्वास व्यक्त गरे । ‘प्रत्येक गाउपालिकामा रिफानान्स गर्न बैंकका शाखा पुगेका छन् । गाउँको सानो भन्दा सानो व्यवसाय गर्नेले पनि त्यो सुविधा पाउने छ,’ उनले भने ।

काेरोनाका कारण व्यापार व्यवसाय नियमित रुपमा सञ्चालन हुन नसकेको पनि बताए । ‘आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउनु जरुरी देखिन्छ,’ उनले भने, ‘सबै सुझावलाई समेटेर मौद्रिक नीति ल्याउँछौ ।’

बैंकमा अहिले २ देखि अढाई अर्बको लगानीयोग्य रकम रहेको जानकारी पनि गभर्नर अधिकारीले दिए । ‘भोली चाहियो भने अरु पनि ल्याउन सक्छौ,’ उनले भने, ‘असहज अवस्थाबाट अर्थतन्त्रलाई अगाडि बढाउन सवैको सहयोग आवश्यक छ ।’




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।