सडक बिभागका इन्जिनियर आचार्य बिरूद्ध भ्रष्टचारकाे मुद्धा दर्ता, ३ करोड बिगो दाबी

Jul 03, 2020 05:58 PM Merolagani



अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सडक विभागको इन्जिनियर भरतराज आचार्यलाई ३ करोड भन्दा बढी बिगो दाबी सहित मुद्धा दायर गरेको छ । सरकारी सेवाको क्रममा अकुत सम्पत्ती आर्जन गरेको भन्दै विशेष अदालत,काठमाडौंमा आरोप पत्र दायर भएको हो ।

सार्वजनिक सेवामा प्रवेश पश्चात उनले आफु र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरुसमेत अस्वभाविक मात्रामा बैकिङ कारोवार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको देखिएको आयोगले जनाएको छ ।

सार्वजनिक सेवा अवधिमा उनले २ करोड ७ लाख रुपैयाँ आय आर्जन गरेको छ भने ५ करोड २९ लाख रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ । त्यस आधारमा उनले ३ करोड २१ लाख रुपैयाँ अबैध रुपमा आर्जन गरेको आयोगले जनाएको छ ।

उनले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएको छ । उनको श्रीमति समेतलाई प्रतिवादी कायम गरी ३ करोड २१ लाख रुपैयाँ बिगो समित आरोप पत्र दायर भएको छ ।

यस्तै जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) लाई पनि आयोगले २ लाख बिगो सहित मुद्धा दायर गरेको छ । ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिइएको थियो ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।