एनआईसी एशिया लघुवित्तको आईपीओ तपाईंलाई कति कित्ता पर्यो? हेर्नुहोस् मेरो लगानीमा

Jul 04, 2020 12:03 PM Merolagani



एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ। लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो।

लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना योग्य आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् भने बाँकी भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

लघुवित्तको आईपीओ ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ । 

आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शिर्षक भित्र रहेको आईपिओ रिजल्ट ( IPO RESULT) मा जानुहोस् ।

त्यसपछि, आईपीओको नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी एनआईसी एशिया लघुवित्त छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिनेछ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।