भारत सरकारले कर तिर्ने समय थप ४ महिनाका बढायो,कार्तिकसम्म तिर्न मिल्ने

Jul 05, 2020 06:43 PM Merolagani



भारतीय आयकर विभाग(इनकम ट्याक्स डिपार्टमेन्ट)ले कर दातालाई ठूलो राहत दिएको छ। आर्थिक वर्ष २०१९/२० को लागि इनकम ट्याक्स रिटर्न(आइटिआर)फाइल गर्ने मिति बढाइदिएको छ।

अब करदाताले नाेभेम्वर ३० तारिखसम्म इनकम ट्याक्स फाइल गर्ने सक्ने छन्। कोरोनाको कारण व्यवसायीमा देखिएको समस्यालाई  राहत दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

टिडिएस र टिसिएस स्टेटमेन्ट जम्मा गर्ने समय समेत बढाएको छ। टिडिएस र टिसिएस स्टेटमेन्ट जम्मा गर्ने समय बढाएर जुलाई ३१ तारिख पुर्‍याइएको छ।यसका अतिरिक्त टिडिएस र टिसिएस सर्टिफिकेट जारी गर्ने समय बढाएर अगस्त १५ पुर्‍याइएको छ।

आयकरको धारा ८० सी, ८० डी, ८० ई अनुसार बचत गर्ने समय ३० जुन बाट बढाएर ३१ जुलाई गरिदिएको छ।यदि व्यवसायीले ट्याक्स छुट पाउनको लागि बचत गर्न चाहेमा ३० जुलाई सम्म बचत गर्न सक्ने छन्।यसका लागि आयकर विभागले नयाँ आईटिआर फारम जारी गरेको छ। केन्द्रीय प्रत्यक्ष कर बोर्डले आर्थिक बर्ष २०१९/२० को लागि रिटर्न फारमलाई संशोधन गरिदिएको छ।  सरकारले प्यानलाई आधारसित जोड्ने अन्तिम मिति ३१ मार्च राखिएको थियो। तर लकडाउनलाइ आधार मान्दै यसलाई ३० जुनसम्म बढाइएको थियो।यसलाइ फेरि बढाएर ३१ मार्च २०२१ पुर्याइएको छ।  




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।