भारत सरकारले कर तिर्ने समय थप ४ महिनाका बढायो,कार्तिकसम्म तिर्न मिल्ने

Jul 05, 2020 06:43 PM Merolagani



भारतीय आयकर विभाग(इनकम ट्याक्स डिपार्टमेन्ट)ले कर दातालाई ठूलो राहत दिएको छ। आर्थिक वर्ष २०१९/२० को लागि इनकम ट्याक्स रिटर्न(आइटिआर)फाइल गर्ने मिति बढाइदिएको छ।

अब करदाताले नाेभेम्वर ३० तारिखसम्म इनकम ट्याक्स फाइल गर्ने सक्ने छन्। कोरोनाको कारण व्यवसायीमा देखिएको समस्यालाई  राहत दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

टिडिएस र टिसिएस स्टेटमेन्ट जम्मा गर्ने समय समेत बढाएको छ। टिडिएस र टिसिएस स्टेटमेन्ट जम्मा गर्ने समय बढाएर जुलाई ३१ तारिख पुर्‍याइएको छ।यसका अतिरिक्त टिडिएस र टिसिएस सर्टिफिकेट जारी गर्ने समय बढाएर अगस्त १५ पुर्‍याइएको छ।

आयकरको धारा ८० सी, ८० डी, ८० ई अनुसार बचत गर्ने समय ३० जुन बाट बढाएर ३१ जुलाई गरिदिएको छ।यदि व्यवसायीले ट्याक्स छुट पाउनको लागि बचत गर्न चाहेमा ३० जुलाई सम्म बचत गर्न सक्ने छन्।यसका लागि आयकर विभागले नयाँ आईटिआर फारम जारी गरेको छ। केन्द्रीय प्रत्यक्ष कर बोर्डले आर्थिक बर्ष २०१९/२० को लागि रिटर्न फारमलाई संशोधन गरिदिएको छ।  सरकारले प्यानलाई आधारसित जोड्ने अन्तिम मिति ३१ मार्च राखिएको थियो। तर लकडाउनलाइ आधार मान्दै यसलाई ३० जुनसम्म बढाइएको थियो।यसलाइ फेरि बढाएर ३१ मार्च २०२१ पुर्याइएको छ।  




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।