अब कपाल काट्दा १५० रूपैयाँ तिर्नु पर्ने

Jul 05, 2020 07:12 PM Merolagani



अब काठमाडौ उपत्याका भित्र कपाल काट्दा १५० रूपैयाँ तिर्नु पर्ने भएको छ । नेपाल नाई संघले कपाल काटदा अबदेखि १५० रुपैयाँ लिने  निर्णय  गरेको छ ।

नाई संघको गत बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोठा भाडा बढेर र बैंकको ब्याज तिर्नु पर्ने भएकाले कपाल काटेको दर बढाउन परेको नेपाल नाई संघका काठमाडौ जिल्लाका अध्यक्ष राजेश ठाकुरले बताए । ‘काठमाडौं भित्रका लागि मात्र यस्तो व्यवस्था गरिएको हो,’ उनले भने, ‘अन्य जिल्लामा भने फरक फरक दर छ ।’

यसअघि एक पटक कपल काटेको १३० रूपैयाँ लिने निर्णय गरेपनि १ सय रुपैयाँ मात्रै लिने गरेको पनि उनले जानकारी दिए । अब १५० रूपैयाँ लिने गरेको भएपनि १३० देखि १५० सम्म लिने ठाकुरले प्रष्ट पारे ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।