बीमा समिति आफ्नै निर्णयबाट किन पछि हट्यो ?

Jul 06, 2020 06:26 PM Merolagani

अरूण पाख्रेन

बीमा समितिले आफ्नो निर्णयबाट पछि हटेको छ।बीमा समिति जीवन बीमा कम्पनीहरूको नवीकरण शुल्कमा छुट दिने विषयमा पछि हटेको हो। समितिले त्यस विषयमा जेठ ३२ गते जारी गरेको निर्देशन सच्याएर असार १५ गते पुनः नयाँ निर्देशन जारी गरेको हो ।

जेठ ३२ गते जारी गरेको निर्देशन अनुसार लकडाउन अन्त्य भएको १५ दिनसम्म नवीकरण शुल्कमा ब्याज छुट दिन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । तर यस बीचमा समितिले पुन असार १५ गते अर्को सर्कुलर जारी गर्दै असार २२ गते बीमाशुल्कमा ब्याज छुट दिन निर्देशन दिएको छ ।

समितिको पछिल्लो निर्देशन अनुसार अब भोली मंगलबारबाट नवीकरण शुल्क भुक्तानीमा बीमितले छुट पाउने छैन ।

‘लकडाउनको अवधि भित्र संकलन गर्नुपर्ने प्रिमियम बापतको रकम संकलन गर्ने अवधि जेठ मसान्त सम्म रहेकोमा अब उप्रान्त लकडाउन समाप्त भएको मितिले १५ दिनसम्म ब्याज नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ,’ समितिले जेठ ३२ गते जारी गरेको सर्कुलरमा उल्लेख छ ।

 

यस्ताे छ, समितिले जारी गरेकाे सर्कुलर

सरकारले गत चैत ११ गते देखि कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउन असार १ गते देखि केही सहज मात्रै गरेको छ । सरकारले गरेको लकडाउन अझै पूर्ण रुपले खुल्ला गरेको छैन् । तर बीमा समितिले असार १ गते देखि नै लकडाउन खुलेको मानेर मौन बस्यो । त्यसैको फइदा उठाएर जीवन बीमा कम्पनीहरूले असार १५ भित्र नवीकरण शुल्क बुझाएमात्रै जरीवना नलाग्ने भन्दै सूचना जारी गर्न थाले ।

जीवन बीमा कम्पनीहरूको छाता संगठन जीवन बीमक संघले असार १ गते देखि आर्थिक गतिविधिहरू समेत सकृय भएकोले १५ दिन भित्र बीमा शुल्क बुझाउन सूचना प्रवहा गरेको जनाए । संघका अध्यक्ष शिवनाथ पाण्डेले भने, ‘सरकारले लकडाउन सहज गरेसँगै आर्थिक गतिविधिहरु समेत बढेकाे अवस्था छ । नीजि सवारी साधानहरु चल्न दिएका छन । बीमाशुल्क तिर्न खासै समस्या पनि छैन् । त्यस अनुसार हाम्रो लागि लकडाउन खुलेको जस्तै हो ।’ बीमा समितिको निर्देशन अनुसार असार १ गतेदेखि लकडाउन खुलेको मान्दै सूचना जारी गरेको उनले प्रष्ट पारे ।

यस्तै बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले पनि असार एक गतेदेखि लकडाउन सहज भएको पनि खुलेको जस्तै भएको बताए । उनले भने,‘लकडाउन खुलेकै जस्तो छ । सार्वजनिक सवारी साधान बाहेक सबै चलिरहेकै छ । हामीले यसबीचमा दुई पटक म्याद थप्यौं । अब आउने प्रिमियम त रोक्नु भएन ।’

बीमा समितिको असार १५ गते नयाँ निर्देशन अनुसार लकडाउन निरन्तरता भएपनि बीमितहरुले नवीकरण शुल्कमा अब छुट नपाउने भएको हो ।

समितिले चालू आर्थिक वर्षको अन्त्यमा बीमा कम्पनीहरुको पफमेन्स न्युन देखिने भएपछि नयाँ निर्देशन जारी गरेको बुझिएको छ । चालू आर्थिक वर्षको असार मसान्त सम्ममा बीमा शुल्कको भोल्युम बढ्ने र पफमेन्स देखिने गरी निर्देशनलाई पुर्नविचार गरेको हुन सक्ने समितिका पुर्व अध्यक्ष फत्तबहादुर केसीको भनाइ छ ।

‘बीमा कम्पनीहरुको पफमेन्स देखाउन पनि समितिले निर्देशनमा पुर्न विचार गरेको हुनसक्छ । नियमन निकायको नाताले उहाँहरुले सोचेरै निर्णय गर्नु भएको होला । त्यसमा म केही भन्न चाहन्छ । लकडाउन केही सहज भएपनि पुर्ण रुपले खुलिसकेको अवस्था भने छैन् । हालको लकडाउन लम्बिदै जानेभएपछि बीमाशुल्क संकलन गरी बीमा कम्पनीहरुको गतिविधि र समितिको पफमेन्स देखाउन पनि समितिले यस्तो निर्णय गरेको हुनसक्छ,’ उनले भने ।

सरकारले सहज पारेको लकडाउन साउन ७ गते सम्म निरन्तरता दिएको छ । यसरीनै लकडाउन लम्बिदै जाने र नवीकरण शुल्क कम मात्रामा उठ्ने भएपछि पफमेन्स न्युन देखिने उनको बुझाई छ ।

यस्तै समितिले बीमा कम्पनीहरूबाट पाउने सेवा शुल्कको दरमा पनि बृद्धि हुन्छ । चालु आर्थिक वर्ष अन्तिममा बीमा कम्पनीहरुबाट पाउने सेवा शुल्क बापत पाउने रकम घट्न सक्ने भएपछि समितिले उक्त निर्देशन जारी गरेको भन्ने पनि बुझिएको छ । बीमा कम्पनीहरू आर्थिक वर्षको अन्तिममा कुल बीमा शूल्कको एक प्रतिशत समितिमा बुझाउनु पर्ने व्यवस्था छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गरेपछि आर्थिक गतिविधिहरू टप्प छन् भने आम्दानीका स्रोतहरु बन्द छन् । यसैलाई मध्य नजर गरी बीमा समितिले पनि लकडाउनको परिस्थिति हेरेर जीवन बीमा अन्र्तगत नवीकरण शुल्कमा व्याज नलिन निर्देशन दिदै आइरहेको थियो ।

असार १ गते देखि चैत ११ गते देखि जारी लकडाउन सहज गरेपछि केहि आर्थिक गतिविधिहरू बढेको भन्दै बीमा समितिले अब नवीकरण शुल्कमा छुट दिन नसकिने जनाएको छ । तर केही बीमा कम्पनीहरुले भने स्वच्छिक रुपमा नवीकरण शुल्कमा छुट दिने समय लम्ब्याएको छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।