लकडाउनकाे मुख्य सहारा कि त तरकारी कि त सरकारी

Jul 07, 2020 04:41 PM Merolagani

ज्याेति शाह 

आइतबार दिउँसो सबिन मानन्धरको फेसबुकको वालमा एक फोटो पोष्ट भयो । फोटो केहि समयमा नै सेयर हुन थाल्यो । फोटोमा एक सुन पसल देखिन्छ । पसलमा सुन होइन आलु बिक्रीकालागि राखिएको छ । सुन पसलको भुइँमा बिछ्याइएको आलु सँगसँगै तराजु पनि फोटोमा स्पष्ट छ ।

सबिनले लेखेका छन्,'कोरोना लकडाउनको उचाइ।सुन पसल आलु बेच्दै।कोरोनापछि नेपालको अर्थतन्त्र के होला जान्नका लागि म कौतुहल छु ।'

ताहाचलका सबिन एक व्यवसायी हुन् । आइतबार उनले आफ्नो साथीको घरबाट देखेको दृश्य कैद गरेका हुन् । एक व्यवसायी भएको नाताले कोरोना महामारीले व्यवसाय धान्न निकै कठिन भएको उनी मान्दछन् । सोहि कारणले तरकारी बेच्न बाध्यता भएको हुन सक्ने उनको ठम्याइ छ ।

कोरोना भाइरस संक्रमण फैलिएसँगै सुरु भएको लकडाउनका कारण यतिबेला यो सुन पसल जस्तै हजारौँ व्यवसायको नाम र काम दुबै परिवर्तन भएको छ । चैत्र ११ गते देखि नेपालमा लकडाउन सुरु भयो । सोहि सँगै धेरै व्यवसाय ठप्प भए । कति व्यवसायीको लगानी डुब्यो । तर लकडाउनका बिच पनि ठप्प नभएको व्यवसाय बन्यो तरकारी व्यवसाय । न कोरोना, न भुकम्प न त कुनै महामारीले छेक्न सक्यो तरकारी व्यवसाय ।जीविकोपार्जन गर्न कठिन भएको अवस्थामा कैयन व्यापारीहरुले अन्य व्यापार छोडेर तरकारी बेच्न थाले । नियमित रुपमा आय आर्जनकालागि यो उपयुक्त व्यवसाय बन्यो ।

यस्तै बनस्थलीका एक व्यवसायीले फागुनमा कपडा पसलको थालनी गरे । तर चैत्र ११ गतेदेखि लकडाउन भयो । केही दिन चुप लागेर घरमा बसेका लक्ष्मी केसी र उनको परिवारलाई घर धान्न हम्मे हम्मे भयो । फलस्वरुप केही समयमा नै बजार बुझेर सोही पसलमा लक्ष्मी र उनका श्रीमानले तरकारी र फलफूल बेच्न थाले । हाल सहि समयमा नै सहि निर्णय गरेकोमा उनीहरु खुशी भएको बताउँछन् ।

मनसुरको पिडा र कथा पनि यी व्यवसायी भन्दा फरक छैन । अन्य बेला चाबाहिलमा टेलरीङ पसलमा व्यस्त देखिने मनसुरलाई लकडाउन अवधिभर सोही पसलको आँगनमा साग बेचेको देखियो । परिवारको दायित्व,घरभाडा लगायतका खर्च टार्न उनलाई तरकारी व्यवसायी बन्न बाध्यकारी बन्यो । कोरोना कहरका बिच उनको परिवारलाई तरकारी व्यवसाय ठु्लो आड भरोशा बन्यो । उनी भन्छन्, 'अप्ठ्यारोमा कि तरकारी कि सरकारी काम लाग्छ ।'

मनसुरकै भनाई जस्तै कोरोना कहर पछि विश्वसँगै नेपालमा पनि व्यवसाय धरापमा पर्ने देखि रोजगारी गुमाउनेको संख्या निकै बढि छ ।

आइएलओका अनुसार कोरोना महामारी कारण भएको बन्दाबन्दीका कारण पाँच नेपाली मध्ये एक जनाको रोजगारीमा जोखिम बढेको छ । नेपालमा कारोना प्रभावित बनेका व्यवसायमा करिब ३७ लाख श्रमिकहरु रहेका छन् । तथ्यांक अनुसार कोभिड १९ महामारीबाट बेरोजगारीको जोखिममा महिला श्रमिकको संख्या पुरुषको तुलनामा निकै कम रहेको छ । हालको अवस्थामा १६ देखि २० लाख नेपाली बेरोजगार हुने खतरा देखिन्छ । जसमध्ये ७ लाख ८० हजार श्रमिक होलसेल तथा खुद्रा व्यवसायमा संलग्न रहेका छन् । त्यसैगरी ४ लाख ४६ हजार उत्पादन,४ लाख ४ हजार निर्माण व्यवसाय,२ लाख ११ हजार यातायात व्यवसाय र ६२ हजार मानिस आवास तथा खाना सेवा सम्बन्धित व्यवसाय र ८३ हजार अन्य सेवामा रहेको पाइएको छ । विशेषगरी नेपालको पर्यटन व्यवसायमा कोरोनाले गहिरो धक्का पुर्याएको छ । २०१८ सम्ममा यस क्षेत्रमा कुल रोजगारीको ८ प्रतिशत अर्थात् ५ लाख ७३ हजार मानिसको रोजगारी निर्भर रहेको थियो । हाल पर्यटन व्यवसायसँग सम्बन्धित अधिकांश मानिस बेरोजगारीको मारमा परेका छन् । यसबाहेक पनि अन्य क्षेत्रका कतिपयको रोजगारी गुमेको अवस्था छ ।

तर क्रान्ति आलेको गीत ‘तिम्रो छ र के भर,खोजी आउ पहिले सरकारी जागिर’मा भनिए झैं महामारीको कुनै मार नपरेको अर्को क्षेत्र हो निजामति वा सरकारी क्षेत्र। मानिसहरूले सरकारी जागिरलाई पाको मान्नुको कारण हो यसको सुनिश्चिततता । कोरोनाले लाखौँ मानिस बेरोजगार हुँदा नेपाल लगायतका संसारका कुनै पनि मुलुकमा सरकारी कर्मचारीको जागिर गएको कुनै सूचना सार्वजनिक भएको छैन । महामारीको व्यवस्थापनमा खटिनुपर्ने भएकाले पनि सरकारी कर्मचारीको काम यो समयमा अझै धेरै हुने गरेको छ ।

२०७७ सम्ममा नेपालमा करिब एक लाख निजामती कर्मचारी सेवामा रहेको सरकारी तथ्यांक रहेको छ । जसमध्ये स्थायी ८२ हजार रहेका छन् भने करिब ४२ हजार करारका कर्मचारी छन् । यस्तै नेपाली सेनामा ८० हजार भन्दा धेरै आवद्व रहेका छन् भने जनपथ प्रहरी करिब एक लाखको संख्यामा रहेका छन् । सशत्र प्रहरी भने करिब ३० हजारको संख्यामा रहेको पाइएको छ ।

कोभिड १९का कारण कुनै पनि कर्मचारीको जागिर नगएको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यद्यपी करारमा रहेका कर्मचारीको भविष्य भने कोरोनाकै कारण अन्योलमा रहेको पाइएको छ ।

 लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।