अझै पनि १८ प्रतिशत शेयर डिम्याट नभएका कारण कारोबार हुँदैनन्

Jul 07, 2020 03:11 PM Merolagani

अहिले पनि १८ प्रतिशत शेयर अभौतिकीकरण (डिम्याट) हुन नसकेका कारण दोस्रो बजारमा कारोबार हुन सकेको छैन ।

संघीय संसदको अर्थ समिति अन्तगर्त रामकुमारी भाँक्री संयोजकत्वमा पूँजी र मुद्रा बजार सम्बन्धी अध्ययन गर्न गठित उपसमितिले पेश गरेको प्रतिबेदनमा अझै पनि १७.७६ प्रतिशत शेयर अभौतिकीकरण नभएका कारण दोस्रो बजारमा कारोबार हुन सकेको उल्लेख गरिएको छ ।

२०७२ माघदेखि काठमाडौं उपत्यका तथा २०७३ साउनदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत पूर्ण अभौतिकृत धितोपत्रको कारोबार हुने व्यवस्था गरिएको थियो । बैशाख २ गतेसम्ममा कारोबारयोग्य कुल ६ अर्ब ५६ करोड ६ लाख २५ हजार २ सय ६८ धितोपत्र मध्ये ८२.२४ प्रतिशत मात्र अभौतिकीकृत भइ कारोबार हुन सक्ने भएको र बाँकी कुल १ अर्ब १६ करोड ५१ लाख ६७ हजार ४८ धितोपत्र अभौतिकीकरण नभएका कारणले कारोबार हुन नसकेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।