काठमाडौं उपत्यकाका २८ जनामा काेराेना संक्रमणकाे पुष्टि,नेपालमा संक्रमितकाे संख्या १६ हजार नाघ्याे

Jul 07, 2020 04:30 PM Merolagani

मंगलबार २०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६१ पुगेको छ । थपिएका कोरोना संक्रमितमध्ये  काठमाडौंका १४ जना,भक्तपुरका ४ जना र ललितपुरका १० जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई ६८८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको कुल संख्या ४६.४ प्रतिशत अथवा सात हजार ४९९ पुगेको छ ।

नेपालका चार जिल्ला कोरोना मुक्त भएका छन् । तेह्रथुम,भोजपुर,सोलुखुम्बु र हुम्लामा हाल कोरोनाको कुनै संक्रमण नरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।                 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।